मधेसका दुई नेता केन्द्रीय सदस्य मनोनित, एमालेमा खैलाबैला

काठमाडौं । नेकपा एमालेले मधेसका दुई नेतालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
शुक्रबार बसेको पार्टी स्थायी कमिटी बैठकले रौतहटका कुन्दन कुसवाह र बाराका मोहम्मद समीरलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
माओवादीबाट एमालेमा गएमा प्रभु साहको सिफरिसमा दुई नेतालाई केन्द्रीय सदस्य मनोनित गरिएको स्रोतको भनाई छ । यद्यपि दुई नेतालाई केन्द्रीय सदस्य मनोनित गरेपछि अर्का नेता भीम रावलले भने तीब्र असन्तुष्टी जनाएका छन् ।
पार्टीको पछिल्लो निर्णयप्रति असन्तुष्टी जनाउँदै रावलले १० बुँदे कार्यान्वयन सहजीकरण गर्न बनाएको कार्यदलको संयोजकबाटै राजीनामा दिएका छन् ।
पार्टीभित्र विभिन्न स्वार्थ गाँसिएका नेताहरुको रडाकोसँगै पार्टीमा फेरि खैलाबैला मच्चिएको छ ।
‘जुन हाम्रो १० बूँदे सहमति थियो, अपानी १२ थियो । त्यो अपानी १२ ले १० प्रतिशत केन्द्रीय सदस्यहरुको मनोनयन गर्ने र तत्सम्बन्धमा कार्य दलले गृहकार्य गर्ने भनेर निर्णय गरेको थियो’, नेता भीम रावलले भने, ‘त्यतातर्फ कुनै ध्यान नदिने तर उहाँले २ जना केन्द्रिय सदस्य मनोनयन गर्ने प्रभु साहको समस्या समाधान गर्ने भन्ने कुरा ल्याउनु भएकाले त्यसप्रति पनि मेरो विमति छ ।’
पार्टीको अपानी पद्धति, प्रक्रिया र निर्णय विपरित भएकाले आफूले फरक मत राखेको नेता रावलले बताए ।
पार्टीमा पुनः विवाद चर्किएपछि कात्तिक १२ गते एमालेले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
सम्बन्धित समाचारः
एमालेमा विवाद बल्झियो, भीम रावलले दिए राजीनामा
स्थानीय अधिवेशनबारे एमालेको ८ बुँदे निर्देशन (परिपत्रसहित)
एमालेले भन्योः महाधिवेशनको तयारी शुरु भयो
















‘संविधानले नै श्रमिकलाई ट्रेड युनियन खोल्ने अधिकार सुनिश्चित गरेको छ’
सुनसरीमा एसइई दिइरहेका एक नक्कली परीक्षार्थी पक्राउ
दाङमा चितुवाको आक्रमणबाट दुई घाइते
गुल्मीमा पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
प्रतिक्रिया