आज केही स्थानमा वर्षा हुने
मेरोन्यूज
२०७८ कार्तिक ६ गते ७:०७

काठमाडौँ । आज देशभर मौसममा सामान्य बदली हुने भएको छ । नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली नभए पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
दिउँसो देशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ । यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लाका केही स्थानमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ ।
सम्बन्धित
प्रतिक्रिया