प्रधानमन्त्री देउवा बाढीले पुर्याएको क्षति अवलोकन गर्न पूर्वी नेपाल जाँदै
मेरोन्यूज
२०७८ कार्तिक ७ गते ८:२१

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीले पुर्याएको क्षति अवलोकन गर्न पूर्वी नेपाल जाँदैछन् । प्रधानमन्त्रीसहितको टोली आज नेपाली सेनाको हेलिकप्टरबाट पूर्वी नेपालको अवलोकन गर्न जान लागेको हो ।
यसअघि देउवाले सुदूरपश्चिम क्षेत्रमा बाढीले पुर्याएको क्षति अवलोकन गरेर फर्किएका थिए । प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम, पाँचथर लगायत जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षतिको अवस्थाबारे बुझ्ने र निरीक्षण गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालय जनाएको छ ।
प्रधानमन्त्रीसँग सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ लगायत जाने बताइएको छ । प्रधानमन्त्रीसहितको टोली आज नै काठमाडौं फर्किने कार्यक्रम छ ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया