मंगलबार, माघ २९, २०८१

प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वसको मत लिँदै

मेरोन्यूज २०७८ कार्तिक ७ गते ९:१५

काठमाडौँ । प्रदेश १ मुख्यमन्त्री भिम आचार्यले विश्वसको मत लिँदैछन् । मुख्यमन्त्री आचार्यले आइतबार प्रदेश सभामा विश्वसको मत लिन लागेका हुन् ।

Advertisement

आचार्य गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले भिवाजनपछि खल्पमतमा परेका मुख्यमन्त्री आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाको बैठक बोलाएका छन् । आज साढे १२ बजे बस्ने प्रदेश सभाको बैठकमा बुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश सभाको अंक गणित अनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने सम्भावना छैन । प्रदेश सभामा कुल ९२ जना प्रदेशसभा सदस्य रहेका छन् । जसमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता पक्ष एमालेसँग सभामुखसहित ४१ सांसद छन् । प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद् छन् । प्रदेश सभामा विपक्षी गठबन्धनको बहुमत भएकाले प्रदेश १ मा विपक्षी गठबन्धनको सरकार भन्ने निश्चित रहेको छ ।

प्रतिक्रिया