बाढीपहिरो पीडितलाई भेट्दै प्रधानमन्त्री देउवा
मेरोन्यूज
२०७८ कार्तिक ७ गते १३:३६

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण बाढी र पहिरोमा ज्यान गुमाएका परिवारका सदस्यसँग भेट गरेका छन् । प्रधानमन्त्री देउवाले आइतबार इलामका बाढी र पहिरोमा ज्यान गुमाएका परिवारका सदस्यसँग भेट गरेका हुन् ।
भेटमा प्रधानमन्त्री देउवाले वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने बताए । देशभरमा भएको जनधनको क्षति र राहतका निम्ति मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गरिने देउवाले बताए । भेटमा पीडित परिवारका सदस्यले राहतको माग गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया