नेप्सेमा सुधार, दोहोरो अंकको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक कारोबार हुने साताको पहिलो दिन आइतबार दोहोरो अंकले वृद्धि भएको छ ।
बजार परिसुचक २७ दशमलव ५१ अंकले वृद्धि भई २ हजार ५ सय ८४ दशमलब ५२ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिन अर्थात गत विहिबारभन्दा १ दशमलब ८ प्रतिशतले धेरै हो ।
कारोबार हुने साताको अन्तिम दिन गत विहीबार बजार परिसूचक १४ दशमलव ७० अंकले घटेको थियो ।
दशैपछि गत आइतबार र बुधबार नेप्से बढ्दा उत्साहित देखिएका लगानीकर्ता अन्य ३ दिन गिरावट आउँदा निराशापन देखिएका थिए । आइतबार केही हरियो संकेतमा सबैमा खुसिपन छाएको छ ।
आइतबार ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ७ दशमलव २४ अंकले वृद्धि भएको छ । कारोबार भएका १३ कम्पनीका उपसुचकमध्ये व्यापार बाहेक अरु सबैले नाफा कमाएका छन् । सबैभन्दा बढी उत्पादन कम्पनी समूहको उपसुचक १०५.५४ अंकले वृद्धि भएको छ ।
आइतबार कारोबार भएका कूल २२५ कम्पनीका ३८ हजार १ सय ४७ कारोबारबाट २ अर्ब ७७ करोड ३४ लाख २० हजार १ सय ३५ रुपैयाँ बराबरका ५८ लाख १८ हजार २५ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया