आइतबार, माघ २७, २०८१

लेखकले बाढीपीडितलाई भेटे, बाँध निर्माणको पहल गर्ने प्रतिवद्धता

मेरोन्यूज २०७८ कार्तिक ७ गते १७:५०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री रमेश लेखकले कञ्चनपुर बाढीपीडितहरुसँग भेटघाट र छलफल गरेका छन् ।

उनी आइतबार दोधरा चाादनीको वडा नम्बर ८,९,१० का बाढीपीडितहरुको भेटघाट र छलफल गरेका हुन् । उनले बाढी पीडितहरुको लागि तत्काल राहतको लागि सरकार र विभिन्न संघ संस्थाहरुसँग पहल गर्ने र दीर्घकालीन रुपमा महाकालीमा बाँध निर्माण भएको ठाउँमा बाँधको उचाई बढाउने र कुतियाकभरमा बाँध निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

नेता लेखकलाई बाढीका कारण करोडौको धानबाली नष्ट भएको र सयौ जना घरबारबिहिन भएको राहत, पुनस्र्थापना र दीर्घकालीन रुपमा बस्ती जोगाउन पहल गरिदिन पीडितहरुले आग्रह गरे ।

नेता लेखकले आफू सधैं यस क्षेत्रको विकासको लागि तत्पर रहेको र बाढीपीडितका समस्या समाधानका लागि कुनै कसुर बाँकी नराख्ने बताए ।
हाल दोधरा चाँदनी नगरपालिकाका करीब ३ सय परिवार सरकारी स्कुलमा बसिराखेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा समेतको टोलीले कार्तिक ४ गते बाढीपीडित क्षेत्रको अवलोकन गरेका थिए ।

कञ्चनपुर जिल्लाको दोधरा–चादनी र भीम दत्त नगरपालिकाका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति पुर्याएको थियो ।

Advertisement

प्रतिक्रिया