अमेरिकी डलरको दुई दिन समान विनिमयदर

काठमाडौं । साताको दोश्रो दिन सोमबार अमेरिकी डलरको विनिमयदर लगातार दुई दिन समान रहेको छ । अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५३ पैसा छ भने बिक्रिदर १२० रुपैयाँ १३ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंंकका अनुसार अमेरिकी डलर समान रहेपनि युरोपियन युरो विनिमयदरमा वृद्धि भएको छ । युरोको खरिददर १३९ रुपैयाँ २४ पैसा बिक्रिदर १३९ रुपैयाँ ९४ पैसा रहेको छ । यस्तै,युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १६४ रुपैयाँ ४८ पैसा छ भने बिक्रिदर १६५ रुपैयाँ ३० पैसा कायम छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ २३ पैसा छ भने बिक्रिदर ८९ रुपैयाँ ६८ पैसा छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ७० पैसा, बिक्रिदर ९७ रुपैयाँ १८ पैसा छ ।
सिंगापुर डलर १ को खरिददर ८८ रुपैयाँ ६८ पैसा छ भने बिक्रिदर ८९ रुपैयाँ १२ पैसा रहेको छ । जापानिज यन १० को खरिददर १० रुपैयाँ ५३ पैसा, बिक्रिदर १० रुपैयाँ ५९ पैसा छ । चाइनिज युयन १ को खरिददर १८ रुपैयाँ ७२ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ८१ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
यसैगरी साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ८७ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ३ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८३ पैसा, बिक्रिदर ३३ रुपैयाँ छ ।
संयुक्त अरब इमिरेट्स युएई दिराम १ को खरिददर ३२ रुपैयाँ ५४ पैसा छ भने बिक्रिदर ३२ रुपैयाँ ७० पैसा रहेको छ ।
मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ ८० पैसा, बिक्रिदर २८ रुपैयाँ ९५ पैसा कायम भएको केन्द्रीय बैंकको तत्थ्यांकमा उल्लेख छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १५ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २० पैसा कायम भएको छ ।

















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
प्रतिक्रिया