सोमबार, मंसिर २२, २०८२

मन्त्रिपरिषदको बैठक बस्दै, बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्ति दिने

मेरोन्यूज २०७८ कार्तिक ८ गते १३:४४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार आजको बैठकले बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय गर्ने छ । प्रधानमन्त्री देउवाले सुदूरपश्चिम र प्रदेश १ का बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौँ फर्किएपछि मन्त्रिपरिषदको बैठक बोलाएकाले हुन् ।

प्रतिक्रिया