चीनमा फेरि फैलियो कोरोना संक्रमण
मेरोन्यूज
२०७८ कार्तिक ८ गते १५:३९

काठमाडौं । लामो समयपछि चीनमा कोरोना संक्रमण फैलिएको छ ।
पुनः कोरोना भाइरसको संक्रमण फैलिन थालेको विज्ञहरुले बताएका छन् ।
‘डेल्टा भेरियन्ट’ का कारण संक्रमण फैलिएको विज्ञहरूलाई उद्धृत गर्दै चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सले जनाएको छ ।
चीनका ११ वटा प्रान्तमा कोरोना संक्रमण फैलिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
गत हप्ता चीनमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । चीनबाट नै पहिलो पटक कोरोना भाइरसको संक्रमण फैलिएको थियो ।
चीनबाट संसारभर कोरोना संक्रमण फैलिए पनि चीनले भने सबै भन्दा पहिले नै नियन्त्रण गर्न सफल भएको थियो ।
चिनियाँ जनस्वास्थ्यविद्हरूले सन् २०२० को जुलाईमा नान्जिङको अवस्थाभन्दा झन् खराब हुन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया