राष्ट्रियसभा फागुन २१ गतेबाट रिक्त हुँदै, माघमै निर्वाचन गर्न सिफारिस
स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिदै

काठमाडौं । राष्ट्रिय सभा आगामी फागुन २१ गतेबाट रिक्त हुने भएको छ ।
राष्ट्रियसभा सदस्यहरुको पदावधि आगामी फागुन २१ बाट सकिने भएकाले राष्ट्रियसभाको निर्वाचनकाबारेमा निर्वाचन आयोगले सरकारसँग छलफल गरेको छ ।
निर्वाचन आयोगले गरेको छलफलका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको निर्वाचनको मिति सरकारले छिट्टै तोक्ने बताएका छन् ।
आगामी फागुनमा रिक्त हुने राष्ट्रियसभाको निर्वाचन माघको पहिलो साता गर्न आयोगले सरकार समक्ष सिफारिस गरेको छ ।
स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्य पदको उपनिर्वाचनका विषयमा सत्तासाझेदार दलहरुसँग छलफल गरी निश्कर्षमा पुग्ने प्रधानमन्त्री देउवाले बताए ।
निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस पनि गरेको छ ।
स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिदैछ ।
छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित निर्वाचन आयुक्तहरु ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा उपस्थित थिए ।
यस्तै, प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, जलस्रोत तथा सिंचाई मन्त्री, सञ्चारमन्त्री र कानूनमन्त्रीको पनि उपस्थिति थियो ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया