शनिबार, जेठ ३, २०८२

राष्ट्रियसभा फागुन २१ गतेबाट रिक्त हुँदै, माघमै निर्वाचन गर्न सिफारिस

स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिदै

मेरोन्यूज २०७८ कार्तिक ८ गते १६:०८

काठमाडौं । राष्ट्रिय सभा आगामी फागुन २१ गतेबाट रिक्त हुने भएको छ ।

राष्ट्रियसभा सदस्यहरुको पदावधि आगामी फागुन २१ बाट सकिने भएकाले राष्ट्रियसभाको निर्वाचनकाबारेमा निर्वाचन आयोगले सरकारसँग छलफल गरेको छ ।

निर्वाचन आयोगले गरेको छलफलका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभाको निर्वाचनको मिति सरकारले छिट्टै तोक्ने बताएका छन् ।

आगामी फागुनमा रिक्त हुने राष्ट्रियसभाको निर्वाचन माघको पहिलो साता गर्न आयोगले सरकार समक्ष सिफारिस गरेको छ ।

स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्य पदको उपनिर्वाचनका विषयमा सत्तासाझेदार दलहरुसँग छलफल गरी निश्कर्षमा पुग्ने प्रधानमन्त्री देउवाले बताए ।

निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्न सरकार समक्ष सिफारिस पनि गरेको छ ।

स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल जेठ ५ मा सकिदैछ ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित निर्वाचन आयुक्तहरु ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा उपस्थित थिए ।

यस्तै, प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, जलस्रोत तथा सिंचाई मन्त्री, सञ्चारमन्त्री र कानूनमन्त्रीको पनि उपस्थिति थियो ।

प्रतिक्रिया