हुलाकी सडकले दक्षिणी भेगको मुहार फेरिन्छ : अध्यक्ष ओली

दमक । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम हुलाकी सडक सञ्चालनमा आएपछि दक्षिणी भेगको मुहार फेरिने बताएका छन् । सोमबार आफ्नो निर्वाचन क्षेत्र नं ५ गौरीगञ्ज गाउँपालिकास्थित बुधबारे बजारमा पार्टीले आयोजना गरेको शुभदीपावली, छठ तथा नेपाल संबत्को शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले हुलाकी सडकले पूर्णता पाए मात्र दक्षिणी भेगको विकास हुने र त्यसमा आफूले सक्दो सहयोग पु¥याउने बताए ।
हुलाकी सडकको काम आफू नेतृत्वको सरकारले सुरुआत गरेको प्रसंग कोट्याउँदै ओलीले भने, “हुलाकी सडक आफैँ बनाउँछु भनेर काम थालेको धेरै प्रतिशत काम सकिसकेको रहेछ । पूर्णरूपमा निर्माण भइसकेपछि हुलाकी सडक सम्झँदा मलाई सम्झिनु हुन्छ ।”
हुलाकी सडकमा पर्ने सीमावर्ती गौरीगञ्ज बजारलाई आफू प्रधानमन्त्री भएका बेलामा स्मार्टसिटीको रूपमा विकास गर्ने भनेर काम सुरु गरेको बताउँदै उनले अब देशभरिका स्मार्टसिटीका रूपमा गौरीगञ्जले छिट्टै फड्को मार्ने बताए । उनले भने, “गौरीगञ्ज सहर पहिलाको जस्तो होइन, आधुनिक गौरीगञ्जका रूपमा विकासित हुनेछ ।”
देशलाई स्थायी समृद्धिको यात्रामा लैजान आफ्नो सरकारका पालामा प्रशस्त काम भएको चर्चा गर्नुहँुदै उनले भने, “फुसको छाना हटाएर जनता आवास कार्यक्रम, सामाजिक सुरक्षा भत्ता, प्रमाणपत्र राखेर ऋण दिने, एक लाखसम्मको स्वास्थ्य बिमा कार्यक्रम, महिला सशक्तीकरणको सवालमा उल्लेखनीय काम भएका छन् ।”
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया