‘एक जनाको मात्रै किन राजीनामा श्रीमान् ?’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक जनाको मात्र किन राजीनामा श्रीमान् ज्यू ? भनेर सर्वोच्च अदालतका न्यायाधिशलाई प्रश्न गरेका छन् । एमालेको पालिका अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराको मात्र राजीनामा किन मागेको भन्दै प्रश्न गरेका हुन् ।
ओलीले प्रधानमन्त्री शेर बहादुर देउवाको पक्षमा परमादेश दिने पाँचै जना न्यायाधिशहरुले राजीनामा दिए राम्राे हुने बताए । उनले न्यायाधीशहरू पोल खोलाखोलमा उत्रिँदा अदालतको मानमर्दन भएको बताए ।
उनले भने,‘न्यायाधीशहरू आफैं कसले के(के गरेको थियो भनेर उधिन्न थाल्नुभएको छ । आफैं उधिन्दै जाँदा विभिन्न कुरा निस्किन थालेका छन् । यदि परमादेश पाँचै जनाले गर्नुभएको थियो भने एकजनाले मात्र किन राजीनामा श्रमीन ज्यू ? पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र ?’
ओलीले न्यायाधिशको यस्तो हर्कतले सर्वोच्चको गरिमा घटेको बताए । ओलीले भने, ‘यो न्यायाधीश राख्नुहुन्छ यो राख्नुहुन्न भन्ने, यो राखे आफू नबस्ने भन्ने, बारले इजलास गठन गर्ने, अधिवक्ताले इजलास गर्ने, पोल खोलाखोल गर्दै गर्ने, यो ठीक भएन ।’
गत असार २८ गते प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले देउवाको पक्षमा परमादेश दिएको थियो । संवैधानिक इजलासले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा भंग गर्ने कदम मिलेको नदेखिएको ठहर गर्दै त्यससम्बन्धी सबै निर्णय उत्प्रेषणका आधारमा बदर गरिदिएको थियो ।
सोही फैसलालाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जनमतबाट नभई परमादेशबाट प्रधानमन्त्री भएको भन्दै आलोचना पनि गर्दै आएका छन् ।

















निर्वाचनका लागि खाेल्ने बेग्लै बैंक खातामा उम्मेदवारकाे अरुचि
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी
देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्छ : उपसभापति शर्मा
जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँः स्वर्णिम वाग्ले
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
सुनचाँदीको मूल्य आज पनि बढ्यो, ताेलामा कति ?
कस्ताे रहला आज दिनभरकाे माैसम ?
प्रतिक्रिया