पाँच वर्षपछि ‘काँडेतार’ मा सुरविना

काठमाडौं । अभिनेत्री सुरविना कार्कीले ५ वर्षपछि नयाँ चलचित्र ‘काँडेतार’ हात पारेकी छन् । उनी नवल खड्काको निर्माण हुन लागेको चलचित्र ‘काँडेतार’ मा अनुबन्ध भएकी हुन् ।
राष्ट्र र राष्ट्रियताको विषयमा निर्माण हुन लागेको चलचित्रमा आफू आबद्ध हुन पाएकोमा सुरविनाले खुसी व्यक्त गरेकी छन् । उनीसहित यो चलचित्रमा नायक गौरव पहारी र नायिका रेविका गुरुङ अनुबन्ध भइसकेका छन् ।
सुरविनाले चलचित्र ‘झेली’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । त्यसयता उनले आधा दर्जन फिल्ममा अभिनय गरे पनि करिअरले गति समात्न सकेको छैन । पहिलो लकडाउनमा अभिनय गरेको ‘के माया लाग्छ र ?’ गीतले उनलाई एकाएक चर्चामा ल्याएको थियो । यो गीतबाट उनी दर्शकमाझ धेरथोर चिनिएकी छन् ।
तिहारपछि छायाङकनमा निस्कने चलचित्रले नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषय उठाउने निर्माता खड्काले जानकारी दिए । चलचित्रले राष्ट्रलाई झकझकाउने पनि उनको विश्वास छ ।
नेपाल र भारत सीमामा खिचिने यस चलचित्रलाई नवल र शंकर कार्कीले निर्देशन गर्नेछन् । कलाकार तथा निर्माता नवलले यसअघि पनि राष्ट्रियताको विषयमा ‘आवाज, दशगजा’ जस्ता चलचित्र बनाएका छन् ।










दोस्रो संस्करणको एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
NPL 2025: Biratnagar defeats Pokhara by 53 runs
प्रतिनिधिसभा पुनःस्थापना गरी लोकतन्त्रलाई सही दिशामा अगाडि बढाउन सकिन्छः महासचिव पोखरेल
संसद् पुनःस्थापनाका लागि एमाले सर्वाेच्च जाने
कुशलको अर्धशतक पूरा, बने छैटौँ खेलाडी
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बढ्यो पेट्रोल र डिजेलको मूल्य
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
प्रतिक्रिया