पाँच वर्षपछि ‘काँडेतार’ मा सुरविना

काठमाडौं । अभिनेत्री सुरविना कार्कीले ५ वर्षपछि नयाँ चलचित्र ‘काँडेतार’ हात पारेकी छन् । उनी नवल खड्काको निर्माण हुन लागेको चलचित्र ‘काँडेतार’ मा अनुबन्ध भएकी हुन् ।
राष्ट्र र राष्ट्रियताको विषयमा निर्माण हुन लागेको चलचित्रमा आफू आबद्ध हुन पाएकोमा सुरविनाले खुसी व्यक्त गरेकी छन् । उनीसहित यो चलचित्रमा नायक गौरव पहारी र नायिका रेविका गुरुङ अनुबन्ध भइसकेका छन् ।
सुरविनाले चलचित्र ‘झेली’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । त्यसयता उनले आधा दर्जन फिल्ममा अभिनय गरे पनि करिअरले गति समात्न सकेको छैन । पहिलो लकडाउनमा अभिनय गरेको ‘के माया लाग्छ र ?’ गीतले उनलाई एकाएक चर्चामा ल्याएको थियो । यो गीतबाट उनी दर्शकमाझ धेरथोर चिनिएकी छन् ।
तिहारपछि छायाङकनमा निस्कने चलचित्रले नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषय उठाउने निर्माता खड्काले जानकारी दिए । चलचित्रले राष्ट्रलाई झकझकाउने पनि उनको विश्वास छ ।
नेपाल र भारत सीमामा खिचिने यस चलचित्रलाई नवल र शंकर कार्कीले निर्देशन गर्नेछन् । कलाकार तथा निर्माता नवलले यसअघि पनि राष्ट्रियताको विषयमा ‘आवाज, दशगजा’ जस्ता चलचित्र बनाएका छन् ।
















क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिका–इरानबीच ठूलो कूटनीतिक प्रगति, युद्ध अन्त्यको सङ्केत
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया