बुधबार, माघ ३०, २०८१

सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक

मेरोन्यूज २०७८ कार्तिक ९ गते १४:५६

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।

Advertisement

सेवामा उत्कृष्टता कायम गर्ने उद्देश्यले कम्पनीले पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिर्सोटमा कार्यक्रम आयोजना गरेर लोगो सार्वजनिक गरेको हो । कम्पनीले आफ्नो लागोमा सूर्यालाइफ लेखिएको तथा त्यसको मुनी ‘सर्वे भवन्तु सुखिनः’ आफ्नो नयाँ नारा राखेको छ ।

कम्पनीको संचालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा बिज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले संयुक्तरुपमा उक्त नयाँ लोगो अनावरण गरेका हुन् ।

कम्पनीको संचालक समितिका अध्यक्ष भट्टराईले नयाँ लोगो सार्वजनिक भएसँगै नयाँ पहिचानका साथ कम्पनी सफलतापूर्वक अगाडि बढ्ने विश्वास ब्यक्त गरे ।

कम्पनीका संचालक झाले उक्त कार्यक्रममा बीमाको महत्व र नयाँ लोगोको आवश्यकताबारे प्रकास पारे। नयाँ लोगोका तीन रंग रातो, कालो र पहेंलोले कम्पनीको उद्देश्यलाई स्पष्ट पार्ने उनले बताए । लोगोको रंगले कम्पनी अब बिगर, बोल्डर र ब्राइटर भएर अगाडि बढ्ने जनाउँछ ।

त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत खड्काले नयाँ लोगो र नयाँ पहिचान भनेको बीमा सेवामा उत्कृष्टताको प्रतिबद्धता रहेको बताए ।

प्रतिक्रिया