सूर्या लाइफ इन्स्योरेन्सको नयाँ लोगो सार्वजनिक

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।
सेवामा उत्कृष्टता कायम गर्ने उद्देश्यले कम्पनीले पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिर्सोटमा कार्यक्रम आयोजना गरेर लोगो सार्वजनिक गरेको हो । कम्पनीले आफ्नो लागोमा सूर्यालाइफ लेखिएको तथा त्यसको मुनी ‘सर्वे भवन्तु सुखिनः’ आफ्नो नयाँ नारा राखेको छ ।
कम्पनीको संचालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराई, कम्पनीका संचालक तथा बीमा बिज्ञ विवेक झा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले संयुक्तरुपमा उक्त नयाँ लोगो अनावरण गरेका हुन् ।
कम्पनीको संचालक समितिका अध्यक्ष भट्टराईले नयाँ लोगो सार्वजनिक भएसँगै नयाँ पहिचानका साथ कम्पनी सफलतापूर्वक अगाडि बढ्ने विश्वास ब्यक्त गरे ।
कम्पनीका संचालक झाले उक्त कार्यक्रममा बीमाको महत्व र नयाँ लोगोको आवश्यकताबारे प्रकास पारे। नयाँ लोगोका तीन रंग रातो, कालो र पहेंलोले कम्पनीको उद्देश्यलाई स्पष्ट पार्ने उनले बताए । लोगोको रंगले कम्पनी अब बिगर, बोल्डर र ब्राइटर भएर अगाडि बढ्ने जनाउँछ ।
त्यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत खड्काले नयाँ लोगो र नयाँ पहिचान भनेको बीमा सेवामा उत्कृष्टताको प्रतिबद्धता रहेको बताए ।

















National ID card or passport will also be valid for voting: EC
कतारले उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
Two youths arrested for looting attempt in Rautahat
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
One dies as tipper knocks him down today; 15 killed in separate road accidents on Monday
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मध्यपूर्वको तनाव: नेपालबाट सात अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
इजरायलमा रहेका नेपालीलाई दूतावासले जारी गर्याे सात बुँदे एड्भाइजरी
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
किमद्वारा छोरीलाइ राइफल उपहार, छोरी फेरि केन्द्रमा
प्रतिक्रिया