ओखलढुंगामा १७ वर्षे किशोरी निर्वाचित
मेरोन्यूज
२०७८ कार्तिक ९ गते १५:११

काठमाडौं । नेकपा एमालेकोे वडा अधिवेशनमा ओखलढुंगामा १७ वर्षीया किशोरी निर्वाचित भएकी छन् ।
ओखलढुंगाको खिजिदेम्बा वडा नम्बर २ को उपसचिव पदमा स्थानीय १७ वर्षीया शान्तिमाया तामाङ निर्वाचित भएकी हुन् ।
नेकपा एमालेको स्थानियस्तरमा जारी अधिवेशन अन्तर्गत स्थानीय तहमा बाढी प्रभावित स्थानबाहेक सबै ठाउँमा अधिवेशन भइरहेको छ ।
राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशन गरेर मंगलबार गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्दैछ ।
सम्बन्धित
प्रतिक्रिया