फुल्यो मखमली फूल (फोटोफिचर)
जुली गिरी
२०७८ कार्तिक ९ गते १५:३८

काठमाडौं । मखमली फूल भन्ने वित्तिकै तिहारको सम्झना आउँछ । त्यसैले कहिलै नओइलाउने मखमली फूल दिदीबहिनीले दाजुभाइलाई लगाइदिएर लामो आयुको कामना गरिन्छ ।
यतिबेला भक्तपुरको गुण्डुमा त्यहि मखमली फूल लटरम्मै फुलेका छन् । जसले तिहार नजिकिएको आभाष दिलाएको छ ।

प्रशस्त मखमली फूल फुलेपछि स्थानीयले यसबाट आम्दानीसमेत लिन थालेका छन् । मखमली फूल टिपेर स्थानीय बासिन्दा माला उनेर तिहारका लागि विक्री वितरण गरिरहेका छन् ।
किसानले यहाँबाट प्रति गोटा २० देखि २५ रुपैयाँमा मखमली फूलको माला बिक्री गर्ने गरेका छन् ।

मखमली फूलको माला तिहारको भाइटीकाको दिन दिदी–बहिनीले आफ्नो दाजु– भाइलाई लगाई दिने चलन छ ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
प्रतिक्रिया