सुदूरपश्चिमको बाँकी जिल्लामा एमाले अधिवेशनको नयाँ मिति तोकियो

कैलाली । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशका केही जिल्लामा वडा अधिवेशन सम्पन भएका छन् ।
गत कार्तिक ६ गतेबाट सुरु भएको वडा अधिवेशन अन्तर्गत प्रदेशका पाँच जिल्लाका केही वडाहरुमा अधिवेशन सम्पन भएको हो । बाढीपहिरोले कम क्षति भएका वडाहरुले अधिवेशन गरेका हुन् ।
बाजुरा, अछाम, डडेल्धुरा, बैतडी र दार्चुलाका केही वडाहरुमा अधिवेशन सम्पन्न भइसकेको नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले जानकारी दिए ।
बाढीपहिरोका कारण प्रदेशका बाँकी जिल्लामा यही १२ र १५ गतेका लागि अधिवेशनको मिति तोकिएको उनले बताए । ‘बाजुराले पुरै वडामा अधिवेशन गरिसक्यो,‘ उनले भने, ‘अछाममा २५ वटा वडाले अधिवेशन सम्पन्न भइसकेका छन् ।’
बाजुरामा ५० प्रतिशत भन्दा बढी वडाले अधिवेशन गरिसकेको र यही कार्तिक १३ गतेसम्म अन्तिम रिपोर्ट आउने बताए । ‘अहिलेसम्म जतिपनि वडामा अधिवेशन भए सबै सर्वसम्मत नै भएको उनले बताए ।’
मंगलबारदेखि देशभरका पालिका अधिवेशन सुरु भएसंगै वडामा अधिवेशन सम्पन्न भइसकेका स्थानीय तहहरुमा पनि अधिवेशन गरिने उनले बताए ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष र सचिव एक÷एक जना, उपसचिव दुई जनासहित महानगरपालिका १०१, उपमहानगरपालिकामा ८५ र नगरपालिका र गाउँपालिकामा ७५ सदस्यीय कमिटी चयन गर्नेछ ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया