कांग्रेसको १३ जिल्लाको वडा अधिवेशन छठपछि

काठमाडौं । नेपाली कांग्रेसको १३ जिल्लाको वडा अधिवेशन छठपछि मात्रै हुने भएको छ ।
मंगलबार सिंहदरबारस्थिति सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकमा मंसिरमा गर्ने भनिएको महाधिवेशन तत्कालका लागि सम्भव नभएको निष्कर्ष छलफलले निकालेको हो । कांग्रेस उपसभापति विमलेन्द्र निधिल छठअघि १३ जिल्लाको वडा अधिवेशन सम्भव नरहेको बताए ।
त्यसले मंसिरमा गर्ने भनिएको महाधिवेशनको मिति सर्ने सम्भावना बढी देखिएको एक नेताले बताए ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि निर्वाचनको मिति र कार्यतालिका सार्नुपर्ने भए केन्द्रीय समितिको बैठक बोलाएर सार्नुपर्ने माग गरे । उनले निर्वाचन कार्यतालिका हेरफेर गर्नुपरेमा कार्यसमिति नै बोलाउनुपर्नेमा जोड दिए ।
पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशन मंसिरभित्रै सक्ने गरी अगाडि बढाउन निर्वाचन समितिलाई आग्रह गरेका थिए ।
















धादिङ दुर्घटनाका घाइतेको अवस्थाबारे गृहमन्त्रीले लिए जानकारी
सानिमा रिलायन्स लाइफको मिट द च्याम्पियन्स कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित
पर्सामा धार्मिक सद्भाव खलल पुर्याउनेलाई कानुनी दायरामा ल्याउने सहमति
UML in favour of peaceful politics, stability: Chair Oli
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
दाङमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
प्रतिक्रिया