कांग्रेसको १३ जिल्लाको वडा अधिवेशन छठपछि

काठमाडौं । नेपाली कांग्रेसको १३ जिल्लाको वडा अधिवेशन छठपछि मात्रै हुने भएको छ ।
मंगलबार सिंहदरबारस्थिति सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको बैठकमा मंसिरमा गर्ने भनिएको महाधिवेशन तत्कालका लागि सम्भव नभएको निष्कर्ष छलफलले निकालेको हो । कांग्रेस उपसभापति विमलेन्द्र निधिल छठअघि १३ जिल्लाको वडा अधिवेशन सम्भव नरहेको बताए ।
त्यसले मंसिरमा गर्ने भनिएको महाधिवेशनको मिति सर्ने सम्भावना बढी देखिएको एक नेताले बताए ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि निर्वाचनको मिति र कार्यतालिका सार्नुपर्ने भए केन्द्रीय समितिको बैठक बोलाएर सार्नुपर्ने माग गरे । उनले निर्वाचन कार्यतालिका हेरफेर गर्नुपरेमा कार्यसमिति नै बोलाउनुपर्नेमा जोड दिए ।
पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशन मंसिरभित्रै सक्ने गरी अगाडि बढाउन निर्वाचन समितिलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया