जबरा प्रधानन्यायाधीश भइरहे न्याय सम्पादन अझ क्षतविक्षत् हुन्छः शम्भु थापा

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् ।
नेपाल बार एशोसिएसन सल्लाहकार समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीश जबराले गरेका कामहरु न्यायसम्मत् नभएको र पदमा बसिरहे न्याय सम्पादन अझ क्षत्विक्षत् हुने भन्दै तुरुन्त राजिनामा दिनुपर्ने बताए ।
कानून व्यवसायीहरु एक मतले प्रधानन्यायाधीश जबराको राजिनामाको पक्षमा रहेको पनि उनले उल्लेख गरे ।
जबरा प्रधानन्यायाधीश रहुञ्जेल कानून व्यवसायीहरुले बहस नगर्ने भन्दै उनका कारण अदालत र न्यायप्रशासन नचलेमा त्यसको जिम्मा प्रधानन्यायाधीशले लिनुपर्ने बताए ।
अधिवक्ता टिकाराम भट्टराइले बारको सल्लाहकार समितिको बैठकमा बोल्ने ३७ जनामध्ये ३६ जनाले वर्तमान प्रधानन्यायाधीशले संवैधानिक दायित्व पुरा गर्न नसकेको र उनको कार्यकालमा न्यायिक विचलन आएको धारण राखेको जानकारी दिए ।
प्रधानन्यायाधीशले आफ्नै सहकर्मीहरुको समेत विश्वास जित्न नसकेको भन्दै भट्टराईले न्यायपालिकाको गरिमा र प्रतिष्ठा कायम गर्नका लागि प्रधानन्यायाधीसले राजिनामा दिनुपर्नेमा सबैको मत रहेको बताए ।
प्रधानन्यायाधीश जबराले अबिलम्ब राजीनामा नदिएमा देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी पनि अधिवक्ता भट्टराईले दिए ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया