बुधबार, माघ ३०, २०८१

नेता पाण्डे आज वागमती प्रदेशको मुख्यमन्त्री बन्दै, सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने

मेरोन्यूज २०७८ कार्तिक ११ गते ८:२६

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) वागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दैछन् । नेता पाण्डे बिहीबार वागमती प्रदेशको तेस्रो मुख्यमन्त्री हुन लागेका हुन् ।

Advertisement

नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि राजीनामा दिएकी थिइन् । उनले बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएकी हुन् । शाक्यले राजीनामा दिएपछि पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

वागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरे लगत्तै पाण्डेले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । पाण्डेले नयाँ सरकार गठनका लागि बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

पाण्डेले गठबन्धनका दलहरु एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका ५९ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुधबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष दाबी पेस गरेका थिए । सोहीअनुसार प्रदेश प्रमुख शर्माले आज उनलाई मुख्यमन्त्रमिा नियुक्त गर्न थालेका छन् ।

पाण्डेले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्ने जनाइएको छ । पाण्डेले आजै सानो आकारको मन्त्रिपरिषद् पनि विस्तार गर्ने बताइएको छ । उनले माओवादी केन्द्र, कांग्रेस र जनता समाजवादी पार्टीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने बताइएको छ ।

प्रतिक्रिया