मंगलबार, फागुन ६, २०८१

स्कटल्याण्डमा देउवा र मोदीबीच भेटवार्ता हुने

मेरोन्यूज २०७८ कार्तिक ११ गते ९:१३
फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । उनीहरुबीच स्कटल्याण्डको ग्लास्गोमा भेटवार्ता हुने भएको हो ।

Advertisement
IMEnabil

ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी २६ औं सम्मेलन (कोप-२६)का क्रममा देउवा र मोदीबीच साइडलाइन वार्ता हुने बताइएको छ । सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा शुक्रबार स्कटल्याण्ड जादैछन् ।

जलवायु परिवर्तनसम्बन्धी सम्मेलन यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म हुनेछ । प्रधानमन्त्री देउवा १२ गते स्कटल्याण्ड गएर १८ गते नै स्वदेश फर्किने छन् ।

प्रतिक्रिया