अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु

पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा घरको छत खसेर भएको दुर्घटनामा एउटै परिवारका सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार बताएका छन् ।
सूचना तथा संस्कृतिका प्रान्तीय निर्देशक कुरीसी बद्लोनका अनुसार मङ्गलबार राति सेरजाद जिल्लामा उक्त दुर्घटना हुँदा पीडितको घटनास्थलमै मृत्यु भएको थियो ।
यस अघि सोमबार राति भारी वर्षाका कारण माटोको इँटाको छत खसेर भएको घटनामा पाँच जनाको ज्यान गएको थियो भने अन्य चार जना घाइते भएका थिए ।
पछिल्लो समयमा विपद जन्य घटनाका कारण अफगानिस्तानमा मृतकको सङ्ख्या बढेको जनाइएको छ । यसै गरी विगत १२ दिनमा देशमा भारी वर्षा, पहिरो आँधीबेहरी र बिजुलीका कारण कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने १९२ जना घाइते भएका छन् ।
अफगानिस्तानको दुर्गम र ग्रामीण क्षेत्रहरूमा आवासीय घरहरू मुख्यतया माटोबाट निर्माण गरिएका छन् भने, यीनीहरु गम्भीर मौसमी प्रकोपको समयमा अत्यधिक जोखिममा रहेका छन् ।


















अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
गुडिरहेकाे बसमा आगलागी
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
प्रतिक्रिया