गणपति लघुवित्तको लाभांश घोषणा
मेरोन्यूज
२०७८ कार्तिक ११ गते १६:३५
काठमाडौँ । गणपति लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागिसमेत १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी १२ करोड ७३ लाख ५६ हजार रहेको छ ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैँकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गर्ने भएको हो ।
सम्बन्धित
प्रतिक्रिया