शनिबार, फागुन ३, २०८१

विद्युतीय सवारीको प्रवर्द्धनमा ऊर्जामन्त्रीको जोड

मेरोन्यूज २०७८ कार्तिक १३ गते ११:०३

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिनु पर्ने बताएकी छन् ।

Advertisement
IMEnabil

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित विद्युतीय सवारी र्‍यालीको उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै दुई अर्ब र खाना पकाउने एलपी ग्यासको आयातमा ४० अर्ब खर्च भइरहेको उल्लेख गरिन् । बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युतको उपयोग बढाउनुको विकल्प नरहेको उनको भनाई थियो ।

उनले उद्योग, यातायात र घरायसी प्रयोजनमा विद्युतको खपत बढाउन सकिएमा विद्युत् खेर जाने अवस्था नआउने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने धारणा राखिन् । उनले विद्युतीय सवारी साधनको प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न विद्युतीय सवारीको प्रयोगलाई बढाउनु पर्नेमा जोड दिइन् ।

कार्यक्रममा मन्त्रालयका सचिव सागर राईले विद्युतीय सवारी वातावरण मैत्री, यात्रुका लागि सहज र विद्युत्को खपत बढाउने क्षेत्र भएकाले यसको प्रवर्द्धनमा सरकार, निजी क्षेत्र र सर्वसाधारणले विद्युतीय सवारीको प्रयोगमा जोड दिनु पर्ने औँल्याए ।

प्रतिक्रिया