सर्वोच्चका न्यायाधिशहरुले आज पनि इजलास बहिष्कार गर्ने

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधिशहरुले आज पनि इजलास बहिष्कार गर्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सरकारमा भाग खोजेको र न्यायालय सुधारको माग गर्दै संघर्ष गरिरहेका न्यायाधिशहरुले आइतबार पनि इजलास बहिष्कार गर्ने भएका हुन् ।
न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनमा माग गर्दै एक सातायता इजलास बहिष्कार गर्दै आएका छन् । बिदामा रहेका न्यायाधीशद्वय सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा पनि आज कार्यालय आउँदै छन् । उनीहरुसहितको बैठक बसेर ठोस निष्कर्षमा पुग्ने एक न्यायाधिशले बताएका छन् ।
न्यायाधिशहरुले प्रधानन्यायाधिशको राजीनामा माग्दै आए पनि तर जबराले राजीनामा नदिने बताएका छन् । यस्तै नेपाल बार एसोसिएसनले आजदेखि सर्वोच्च अदालतमा आन्दोलन सुरु गर्दै छ । बारले कालोपट्टी बाँधेर दैनिक एक घन्टा सर्वोच्चमा धर्ना दिने निर्णय गरेको छ । बारको शुक्रबार बसेको बैठकले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको थियो ।















सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया