नेपाल बार विभाजित, प्रधानन्यायाधीशको पक्ष र विपक्षमा प्रदर्शन

काठमाडौँ । नेपाल बार एशोसिएसनमा आवद्ध कानून व्यवसायीहरु विभाजित भएका छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर आज देखि विरोध प्रर्दशन शुरु गरिरहँदा केही कानून ब्यवसायीहरुले भने बारले प्रधानन्यायाधीसको राजीनामा माग गर्ने विषय नै नभएको भन्दै प्रतिरोधात्मक विरोध प्रर्दशन गरेका छन् ।
सर्वाेच्च अदालतपरिसरमै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ सहित पूर्व अध्यक्षहरु, पूर्व सभामुख दमननाथ ढंगाना देखि वामपन्थी नेता कमल कोइरालासम्म बाररको आन्दोलनमा सहभागी भईरहदाँ बार परिसरमै केही कानून व्यवसायीहरुले भने बारको प्रर्दशन गलत भएको भन्दै अर्काे प्रर्दशन गरेका छन् । प्रधानन्यायाधीसको राजीनामा माग गर्ने कानुन व्यवसायीहरुले कालो पट्टी वाँधेर विरोध प्रर्दशन गरेका छन् । तर बारको आन्दोलनप्रति बिमति जनाउँदै बारले राजीनामा माग्दैमा प्रधानन्यायाधीसले राजीनामा दिनु नहुने भन्दै कानुन ब्यवसायी स्वागत नेपाल, बार प्राङणमै दुई दिन अगाडी कुस्ती खेलेका भुमिनन्द चुडाल लगायत ५ जना कानुन ब्यवसायीले भने हातमा सेतो पट्टी वाँधेर एन्टी विरोध प्रर्दशन गरेका छन् ।
प्रधानन्यायाधिशको पक्षमा प्रदर्शन गर्ने कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा इजलास सञ्चालन हुनु पर्ने, बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्नुपर्ने माग राखेका छन् । यस्तै उनीहरुले सर्वसाधारणलाई कानूनी सेवाबाट बन्चित गर्न नहुने बताएका छन् ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया