सर्वोच्चका न्यायाधिशहरु छलफल गरेर इजलासमा फर्किदै

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधिशहरु छलफलमा जुटेका छन् । प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै आएका न्यायाधिशहरु आज पनि छलफलमा जुटेका हुन् ।
उनीहरुले प्रधानन्यायाधिशले सरकारमा भाग खोजेको, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको गरिमा कायम राख्न नसकेको भन्दै राजीनामा माग गर्दै आएका छन् । तर आजको छलफल पछि न्यायाधिशहरु बन्दी प्रत्यक्षीकरणका मुद्दाको सनुुवाईका लागि इजलास फर्किने बताइएको छ ।
शुक्रवार बसेको न्यायाधीशहरुको बैठकमा बन्दी प्रत्यक्षीकरणका मुद्दा सुनुवाइ गर्नुपर्नेबारे छलफल भएको थियो । आज सुरुमा बैठक बसेर त्यसपछि बन्दी प्रत्यक्षीकरणका मुद्दा हेर्ने तयारी भएको एक न्यायाधिले बताए । न्यायाधिशहरुलाई इजालसमा फर्काउन माग गर्दै सर्वोच्च अदालतमा तीन वटा रिट दायर भएका छन् । उक्त रिटमाथि सुनुवाइ हुनुभन्दा अगाडी नै न्यायाधीशहरु इजलासमा फर्केने बताएको छ ।
प्रधानन्यायाधिश जबराको पक्ष र विपक्षमा कानून व्यवसायीहरुले प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर आज देखि विरोध प्रर्दशन शुरु गरिरहँदा केही कानून ब्यवसायीहरुले भने बारले प्रधानन्यायाधीसको राजीनामा माग गर्ने विषय नै नभएको भन्दै प्रतिरोधात्मक विरोध प्रर्दशन गरेका छन् ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया