ओलीमाथि प्रचण्डको आरोप : ज्ञानेन्द्रका मान्छेसँग भेटेर मौका आयो भने गणतन्त्र उल्टाउने हो भनेछन् !
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले अध्यक्ष केपी शर्मा ओलीले अझै पनि गणतन्त्र उल्टाउने मौका खोजेर वसिरहेको आरोप लगाएका छन् । ओलीलाई संघीय लोकतानित्रक गणतन्त्र, समानुपातिक समावेशिताको कुनै माया नभएको र उनले आफैले पनि त्यसलाई बाध्यताले मात्र स्वीकार गर्नुपरेको वताउँदै आएको स्मरण गराउँदै प्रचण्डले अहिले ज्ञानेन्द्रका मान्छेहरुलाइ भेटेर गणतन्त्र मौका आए उल्टाउने वताउन थालेको आरोप लगाएका हुन् ।
ओलीले केही समय अगाडी ज्ञानेन्द्रका मान्छेहरुलाई भेटेर त्यस्तो कुरा गरेको सूचना आफुकाहा आएको प्रचण्डको भनाई थियो ।
सोमबार काठमाडौंको कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्वोधन गदै प्रचण्डले ओली प्रवृत्तिसाग त्यही भएर पनि लडनु परिरहेको बताए ।
‘अहिले भर्खर भनेको पनि महिले सुने, हामी केपी ओली प्रवृति भनेर गत शाल देखि लडिरहेका छौं, नयाँ खालको कम्युनिष्ट नामधारी प्रतिक्रियावादी, प्रतिक्रान्तिकारीहरुसँग लड्न वाध्य भइयो हामी । उनले पहिले देखि भन्थे मलाई यो संघीय लोकतान्त्रिक गणतन्त्र पनि मन परेको छैन, समावेशी/समानुपतिक पनि मन परेको छैन, दलित, मधेसी महिला भनेर यो कोटा छुट्टाएको पनि मन परेको छैन । अस्ती त भनेछन्, ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटेर भन्ने सूचना महिले पाए, मलाई जीन्दगीभर यो गणतन्त्र मन परेको होइन, वाध्य भएर ग्रहण गर्नु परेको मात्र हो । त्यसकारण मौका आयो भने यो उल्टाउने हो भनेछन् ।’ प्रचण्डले भने –‘ तपाईहरुले विचार गर्नुहोला , स्थिती काहाँ पुगेको छ । ’
अहिले पनि देशभित्र दुईटा विचार, दुइटा वर्ग र दुईटा प्रवृति रहेको भन्दै प्रचण्डले आफुहरुले जनताको पक्षमा, परिवर्तनको रक्षा, संविधानको रक्षाको पक्षमा लडिरहेको बताए । प्रचण्डले किर्तिपुर आउँदा आफुलाई आफ्नै पूरानो घर या चेलीवेटीको भाषामा भन्दा माइत आएको जस्तो अनुभूति हुने गरेको पनि बताए । प्रचण्ड २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्वर १० बाट निर्वाचित भएका थिए । त्यसलाई स्मरण गरेर उनले त्यस्तो बताएका हुन् । उनले किर्तिपुर लामो समय देखि क्रान्तिको एउटा केन्द्रविन्दु वन्दै आएको भन्दै किर्तिपुरका जनताको परिवर्तनकारी आन्दोलनमा भूमिका महत्वपूर्ण रहेको बताए ।
माओवादी पार्टीका नेता -कार्यकर्ता अलिककति ब्यक्तिगत लाभका पक्षमा लाग्दा, विचार राजनीतितिर नलाग्दा प्रतिक्रियावादीहरुले टाउको उठाउने मौका पाएको भन्दै अव त्यसरी टाउको उठाउन नदिने पनि वताए ।
प्रतिक्रिया