एमालेसँग एकल प्रतिष्पर्धा गर्न गठबन्धनलाई चुनौति

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धलाई चुनौति दिएका छन् ।
सोमबार नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ को बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौति दिएका हुन् ।
उनले एमालेको बिरुद्धमा अहिले एउटा गठबन्धन तयार रहेको बताउँदै उक्त गठबन्धनले संविधान र कानूनलाई ठाडो उल्लंघन गरिरहेको आरोप समेत लगाए ।
महासचिव पोखरेलले सत्तारुढ गठबन्धनले राजनीतिक अस्थिरता पैदा गरेको, विकास निर्माणका कामलाई रोकेको र कानूनलाई ठाडो उल्लंघन गरेको बताए । उनले अहिलेको गठबन्धन सरकार विदेशीको अघि घुँडा टेक्नसमेत पछि नपरेको दावी गरे ।
महासचिव पोखरेलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा विदेशी पार्टीहरुलाई बोलाएको र लगभग ५ लाख जनताको उपस्थितीमा महाधिवेशनको उद्घाटन गर्ने बताए ।
उनले देशबासीको नाममा नेकपा एमाले विगतको भन्दा सशक्त ढंगले अघि बढ्ने बताउँदै मुलुकलाई नयाँ संकल्पसहित अघि बढाउने योजनामा रहेको बताए ।















नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
प्रतिक्रिया