घेराबन्दीमा प्रधानन्यायाधीस
प्रधानन्यायाधीसको ‘ग्रेसफुल एक्जिट’ मार्गचित्रबारे न्यायाधीसहरु छलफलमा
प्रधानन्यायाधीसले आज पनि तोकेनन आफुलाई इजलास, बन्दीप्रत्यक्षीकरणका मात्र इजलास आज पनि चल्दै

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गदै शुरु भएको कानुन ब्यवसायीको आन्दोलन आज पनि जारी छ । नेपाल बार एसोसिएसनको अगुवाईमा आज तेस्रो दिन पनि सर्वाेच्च प्रांगणमा कानुन ब्यवसायीहरुले हातमा कालो पट्टी वाँधेर धर्ना दिएका छन् ।
वारको आन्दोलनलाई सघाउ पुग्ने गरी सर्वाेच्चकै न्यायाधीसहरुले पनि चोलेन्द्र सम्शेरले राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने बताउँदै इजालास वहिष्कार गदै आएका थिए । तर प्रधानन्यायाधीस राणाले याधीश चोलेन्द्रशमशेर जबराले आफूले चाहेको ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) को पक्षमा आफु रहेको बताएपछि न्यायाधीसहरुले हिजोबाट वन्दी प्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ थालेका छन् ।
त्यो क्रम आज पनि जारी रहने छन् । हिजो जस्तै आज पनि सर्वाेच्चमा ६ ओटा इजालासमा वन्दी प्रत्यक्षीकरणको मुद्दामा भने सुनुवाई हुनेछ ।सहज निकासका लागि प्रधानन्यायाधीसले अहिले आफुलाई पेशी नतोक्ने र वन्दी प्रत्यक्षीकरणको मात्र पेशी अन्य न्यायाधीसलाई तोक्न न्यायाधीसहरुको प्रस्तावमा प्रधानन्यायाधीस सहमत भएपछि हिजो र आज सर्वाेच्चमा वन्दी प्रत्यक्षीकरणका ६ ओटा इजालास भने तोकिएका छन् ।
सोमबार जस्तै आज पनि प्रधानन्यायाधीसलाई पेशी तोकिएको छैन । तर अन्य न्यायाधीसलाई पेशी तोकिएको छ । दुई जना न्यायाधीस प्रकाश कुमार ढुंगाना र सुष्मलता माथेमालाई एकल इजालास र अन्यलाई संयुक्त इजालास राखिएको छ । आफुलाई भने आज पनि प्रधानन्यायाधीसले इजालास तोकेका छैनन ।
प्रधानन्यायाधीस राणाले आफुमाथीको घेरावन्दी चिर्न अन्य न्यायाधीसहरुसग सम्वाद अगाडी वढाएका छन् । उनले सहज रुपमा आफुले अदालत छोडने तर जर्वजस्ती नछोडने वताउँदै आएपछि न्यायाधीसहरुको तर्फबाट उनीसँग वार्ता टोलीले सोमबार साझ दुई घण्टा छलफल गरेको थियो ।
प्रधानन्यायाधीस राणाकै सरकारी निवास बालुवाटारमा न्यायाधीसहरुका तर्फबाट अनिल सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्माले सोमबार दुई घण्टा छलफल गरेका थिए । राणाले ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) का बारेमा न्यायाधीसहरुसँग छलफल गर्न चाहेपछि न्यायाधीसहरुका तर्फबाट तीन सदस्यीय टोली बनाएर छलफल भएको हो । टोलीसँग राणाले हिजो साँझ ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) मार्गचित्र को बारेमा जानकारी गराएका छन् ।
तर राणाको त्यस्तो मार्गचित्र के हो भन्ने अहिलेसम्म सार्वजनिक भएको छैन । यधपी उनले आउने चैतसम्म आफुलाई काम गर्न दिन आग्रह गरेको वताइन्छ ।
राणाले राखेको मार्गचित्रका बारेमा अहिले न्यायाधीसहरुले छलफल गदैछन् । त्यसपछि उनीहरुले राणाको प्रस्तावका बारेमा आफुहरुको आधिकारिक धारणा वाहिर ल्याउने तयारी गरेका छन् ।
राणासँग वार्ता गरेका तीन जना न्यायाधीसका तर्फबाट अनिलकुमार सिन्हाले आज सवै न्यायाधीसलाई राणाको प्रस्तावका बारेमा शुरुमा जानकारी गराउने र त्यसपछि मात्र न्यायाधीसहरुले थप धारणा बनाउने भएको सर्वाेच्च अदालत स्रोतले वताएको छ ।








आज साेमवारकाे विदेशी मुद्राको विनिमयदर
२०८२ साल मंसिर २९ गते सोमबारको राशिफल
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया