घेराबन्दीमा प्रधानन्यायाधीस
प्रधानन्यायाधीसको ‘ग्रेसफुल एक्जिट’ मार्गचित्रबारे न्यायाधीसहरु छलफलमा
प्रधानन्यायाधीसले आज पनि तोकेनन आफुलाई इजलास, बन्दीप्रत्यक्षीकरणका मात्र इजलास आज पनि चल्दै

काठमाडौं । प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जवराको राजीनामा माग गदै शुरु भएको कानुन ब्यवसायीको आन्दोलन आज पनि जारी छ । नेपाल बार एसोसिएसनको अगुवाईमा आज तेस्रो दिन पनि सर्वाेच्च प्रांगणमा कानुन ब्यवसायीहरुले हातमा कालो पट्टी वाँधेर धर्ना दिएका छन् ।
वारको आन्दोलनलाई सघाउ पुग्ने गरी सर्वाेच्चकै न्यायाधीसहरुले पनि चोलेन्द्र सम्शेरले राजीनामा दिएर मार्गप्रसस्त गर्नुपर्ने बताउँदै इजालास वहिष्कार गदै आएका थिए । तर प्रधानन्यायाधीस राणाले याधीश चोलेन्द्रशमशेर जबराले आफूले चाहेको ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) को पक्षमा आफु रहेको बताएपछि न्यायाधीसहरुले हिजोबाट वन्दी प्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ थालेका छन् ।
त्यो क्रम आज पनि जारी रहने छन् । हिजो जस्तै आज पनि सर्वाेच्चमा ६ ओटा इजालासमा वन्दी प्रत्यक्षीकरणको मुद्दामा भने सुनुवाई हुनेछ ।सहज निकासका लागि प्रधानन्यायाधीसले अहिले आफुलाई पेशी नतोक्ने र वन्दी प्रत्यक्षीकरणको मात्र पेशी अन्य न्यायाधीसलाई तोक्न न्यायाधीसहरुको प्रस्तावमा प्रधानन्यायाधीस सहमत भएपछि हिजो र आज सर्वाेच्चमा वन्दी प्रत्यक्षीकरणका ६ ओटा इजालास भने तोकिएका छन् ।
सोमबार जस्तै आज पनि प्रधानन्यायाधीसलाई पेशी तोकिएको छैन । तर अन्य न्यायाधीसलाई पेशी तोकिएको छ । दुई जना न्यायाधीस प्रकाश कुमार ढुंगाना र सुष्मलता माथेमालाई एकल इजालास र अन्यलाई संयुक्त इजालास राखिएको छ । आफुलाई भने आज पनि प्रधानन्यायाधीसले इजालास तोकेका छैनन ।
प्रधानन्यायाधीस राणाले आफुमाथीको घेरावन्दी चिर्न अन्य न्यायाधीसहरुसग सम्वाद अगाडी वढाएका छन् । उनले सहज रुपमा आफुले अदालत छोडने तर जर्वजस्ती नछोडने वताउँदै आएपछि न्यायाधीसहरुको तर्फबाट उनीसँग वार्ता टोलीले सोमबार साझ दुई घण्टा छलफल गरेको थियो ।
प्रधानन्यायाधीस राणाकै सरकारी निवास बालुवाटारमा न्यायाधीसहरुका तर्फबाट अनिल सिन्हा, सपना प्रधान मल्ल र मनोज शर्माले सोमबार दुई घण्टा छलफल गरेका थिए । राणाले ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) का बारेमा न्यायाधीसहरुसँग छलफल गर्न चाहेपछि न्यायाधीसहरुका तर्फबाट तीन सदस्यीय टोली बनाएर छलफल भएको हो । टोलीसँग राणाले हिजो साँझ ‘ग्रेसफुल एक्जिट’ (सम्मानजनक बहिर्गमन) मार्गचित्र को बारेमा जानकारी गराएका छन् ।
तर राणाको त्यस्तो मार्गचित्र के हो भन्ने अहिलेसम्म सार्वजनिक भएको छैन । यधपी उनले आउने चैतसम्म आफुलाई काम गर्न दिन आग्रह गरेको वताइन्छ ।
राणाले राखेको मार्गचित्रका बारेमा अहिले न्यायाधीसहरुले छलफल गदैछन् । त्यसपछि उनीहरुले राणाको प्रस्तावका बारेमा आफुहरुको आधिकारिक धारणा वाहिर ल्याउने तयारी गरेका छन् ।
राणासँग वार्ता गरेका तीन जना न्यायाधीसका तर्फबाट अनिलकुमार सिन्हाले आज सवै न्यायाधीसलाई राणाको प्रस्तावका बारेमा शुरुमा जानकारी गराउने र त्यसपछि मात्र न्यायाधीसहरुले थप धारणा बनाउने भएको सर्वाेच्च अदालत स्रोतले वताएको छ ।















नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया