स्थापनाको २५ वर्षमा १.७५ करोड जनसंख्यामा उज्यालो

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी) को २५ वर्षको अवधिमा २५ लाख घरधुरीमा उज्यालोको पहुँच पुगेको छ ।
काठमाडौंमा मंगलबार आयोजित वार्षिक उत्सव कार्यक्रममा केन्द्रले ३६ मेगावाट विद्युत जल तथा साना जलविद्युतको योगदान रहेको केन्द्रले जानकारी दिएको छ ।
यसबाट २ लाख ४७ हजार घरधुरी लाभान्वित भएका छन् । केन्द्रका अनुसार हालसम्म ९ लाख ६१ हजार सौर्य विद्युत प्रणली र १६ लाख सुधारिएको चुलो जडान भएको जानकारी दियो ।
२०५३ साल कात्तिक १८ गते स्थापना भएको केन्द्रले ११ हजार सुधारिएको पानीघट्ट सहरी क्षेत्रबाट निस्कने जैविक फोहोर, फोल्ट्री फार्मबाट निस्कने सुली, गाई फार्मबाट निस्कने गोबरलगायतको प्रयोग गरी ३ सय ४४ वटा ठूला सहित ३ लाख ३३ हजार बायोग्यास प्लान्ट जडान भएको केन्द्रले उल्लेख गरेको छ ।
२ हजार ४ सयभन्दा बढी खानेपानी र सिँचाइका लागि प्रयोग हुने पानी तान्ने सौर्य पम्प जडान भएका छन् । यसबाहेक १ मेगावाटभन्दा बढीका सौर्य तथा सौर्य तथा सौर्य, वायु ऊर्जा मिश्रित मिनी ग्रीड प्रणाली जडान भएका छन् ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले दुर्गम गाउँमा उज्यालो पुर्याउनेदेखि जलवायु परिवर्तनले पारेको असरका विषयमा लड्न केन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताइन् ।
उनले भनिन् ‘हिजो यस क्षेत्रमा लागेर निजी क्षेत्रले दक्षता हासिल गर्न सक्यो, त्यही ज्ञान र अनुभवका आधारमा हजारौं मेगावाटका आयोजना निर्माण भइरहेका छन्,’ ।
कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले हालसम्म देशका ९३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको र त्यसमध्ये आधाभन्दा बढी योगदान केन्द्रको रहेको बताए ।
‘अबका दिनमा एकातिर विद्युतको पुहँच पुर्याउनु चुनौतीपूर्ण रहेको छ भने अर्कोतिर केन्द्रको भूमिकालाई फराकिलो बनाउँदै अनुसन्धानात्मक काम गर्नुपर्नेछ,’ – उनले भने ।
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
प्रतिक्रिया