प्रोफेसर मियाँको ‘मैले देखेको कतार’ सार्वजनिक

काठमाडौं । कतारलाई कर्मथलो बनाउँदै आएका प्रोफेसर मोहम्मद रमजान अली मियाँको ३७ औँ कृति ‘मैले देखेको कतार’ सार्वजनिक भएको छ ।
सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनबाट हरितगृह, लैनचौरस्थित उपराष्ट्रपति कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक भएको हो ।
विशेषगरी राजनीतिकर्मी, श्रमिक, विद्यार्थी लगायत सवै वर्ग, तह र तप्काका व्यक्तिहरुका लागि पुस्तक तयार गरिएको छ ।
उपराष्ट्रपति पुनले पुस्तक लोकापर्ण गर्दै रोजगारका लागि कतार गएका नेपालीहरुको इतिहास, संघर्ष, योगदानलाई तथ्यपरक रुपमा व्याख्या गरिएको भन्दै वैदेशिक रोजगारमा जाने नेपालीका लागि पुस्तक उपयोगी भएको बताए ।
पुस्तकमा कतारको इतिहास, त्यहा“को प्रगति, वैभव, विकासवारे उल्लेख गरिएको लेखक मियाले बताए ।
ओमनका लागि पूर्व राजदुत शर्मिला पराजुली ढकालले पुस्तकबारे टिप्पणी गर्दै ‘यो पुस्तक नेपाल–कतार सम्बन्ध हेर्ने चस्मा’ भएको उल्लेख गर्दै लेखकले राजदूतको भूमिका निभएको उल्लेख गरिन् ।
यस पुस्तकले नेपाली समुदाय र दूतावासको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयलाई उजागर गरेको उनले बताइन् ।
सन् २००७ को अप्रिलदेखि २०२१ नोभेम्बर १ बीचको समयमा लेखेको कतार–नेपाल जोड्ने पुल भएको मियाले जानकारी दिए ।
नेपालीहरुलाई केवल श्रमिक मात्र नभएर समृद्ध कतारका सहयात्री पनि हुन् भन्ने कुरामा उनले जोड दिए ।
नेपाल र कतार बुझ्न ‘मैले देखेको कतार’ पुस्तक इन्साइक्लोपेडिया नै भएको घोस्ट राइटिङका नेपालका अध्यक्ष कमल ढकालले बताए ।
यस्तै, मुस्लिम आयोगका अध्यक्ष शमिम मिया अन्सारी, संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैन, नेकपा समाजवादी एवं केन्द्रिय हज समितिका पुर्व अध्यक्ष ताज मोहम्मद मिया लगायतले पुस्तकबारे टिप्पणी गरेका थिए ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
प्रतिक्रिया