प्रोफेसर मियाँको ‘मैले देखेको कतार’ सार्वजनिक

काठमाडौं । कतारलाई कर्मथलो बनाउँदै आएका प्रोफेसर मोहम्मद रमजान अली मियाँको ३७ औँ कृति ‘मैले देखेको कतार’ सार्वजनिक भएको छ ।
सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनबाट हरितगृह, लैनचौरस्थित उपराष्ट्रपति कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक भएको हो ।
विशेषगरी राजनीतिकर्मी, श्रमिक, विद्यार्थी लगायत सवै वर्ग, तह र तप्काका व्यक्तिहरुका लागि पुस्तक तयार गरिएको छ ।
उपराष्ट्रपति पुनले पुस्तक लोकापर्ण गर्दै रोजगारका लागि कतार गएका नेपालीहरुको इतिहास, संघर्ष, योगदानलाई तथ्यपरक रुपमा व्याख्या गरिएको भन्दै वैदेशिक रोजगारमा जाने नेपालीका लागि पुस्तक उपयोगी भएको बताए ।
पुस्तकमा कतारको इतिहास, त्यहा“को प्रगति, वैभव, विकासवारे उल्लेख गरिएको लेखक मियाले बताए ।
ओमनका लागि पूर्व राजदुत शर्मिला पराजुली ढकालले पुस्तकबारे टिप्पणी गर्दै ‘यो पुस्तक नेपाल–कतार सम्बन्ध हेर्ने चस्मा’ भएको उल्लेख गर्दै लेखकले राजदूतको भूमिका निभएको उल्लेख गरिन् ।
यस पुस्तकले नेपाली समुदाय र दूतावासको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयलाई उजागर गरेको उनले बताइन् ।
सन् २००७ को अप्रिलदेखि २०२१ नोभेम्बर १ बीचको समयमा लेखेको कतार–नेपाल जोड्ने पुल भएको मियाले जानकारी दिए ।
नेपालीहरुलाई केवल श्रमिक मात्र नभएर समृद्ध कतारका सहयात्री पनि हुन् भन्ने कुरामा उनले जोड दिए ।
नेपाल र कतार बुझ्न ‘मैले देखेको कतार’ पुस्तक इन्साइक्लोपेडिया नै भएको घोस्ट राइटिङका नेपालका अध्यक्ष कमल ढकालले बताए ।
यस्तै, मुस्लिम आयोगका अध्यक्ष शमिम मिया अन्सारी, संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैन, नेकपा समाजवादी एवं केन्द्रिय हज समितिका पुर्व अध्यक्ष ताज मोहम्मद मिया लगायतले पुस्तकबारे टिप्पणी गरेका थिए ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया