सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा इजलास तोकियो
कानून व्यवसायीको आज पनि प्रदर्शन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरणका मुद्दामा इजलास तोकेका छन् । जबराले ९ वटा मुद्दामा ९ वटा इजलास तोकेका हुन् ।
उनले ६ वटा संयुक्त र तीनवटा एकल गरी १५ जना न्यायाधीशहरूका लागि इजलास तोकेका हुन् । जबराले आज पनि आफ्नो इजलास राखेका छैनन् । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायधीश जबरालाई आफू आफ्नो इजलासमा नबस्न र इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन नहाल्न आग्रह गरेका थिए ।
त्यसैअनुसार जबराले आफ्नो लागि इजलास राखेका छैन्न र सवै बन्दी प्रत्यक्षीकरण मुद्दामा इजलास तोकेका छन् । सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्र सुनुवाइ हुनेछ । बिहीबारदेखि चार दिन तिहार बिदा हुनेछ । यस्तै नेपाल बार एशोसिएसनले आज पनि प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानून व्यवसायीले चौथो दिन पनि आन्दोलन गरेका हुन् ।
उनीहरुको पहिलो चरण अन्तर्गत आज आन्दोलनको अन्तिम दिन हो । प्रधानन्यायाधीश जबराले राजीनामा नदिए तिहार पछि अर्को चरणको आन्दोलन गर्ने बारले जनाएको छ ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया