सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा इजलास तोकियो
कानून व्यवसायीको आज पनि प्रदर्शन

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरणका मुद्दामा इजलास तोकेका छन् । जबराले ९ वटा मुद्दामा ९ वटा इजलास तोकेका हुन् ।
उनले ६ वटा संयुक्त र तीनवटा एकल गरी १५ जना न्यायाधीशहरूका लागि इजलास तोकेका हुन् । जबराले आज पनि आफ्नो इजलास राखेका छैनन् । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूले प्रधानन्यायधीश जबरालाई आफू आफ्नो इजलासमा नबस्न र इजलासमा बन्दी प्रत्यक्षीकरण बाहेकका निवेदन नहाल्न आग्रह गरेका थिए ।
त्यसैअनुसार जबराले आफ्नो लागि इजलास राखेका छैन्न र सवै बन्दी प्रत्यक्षीकरण मुद्दामा इजलास तोकेका छन् । सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्र सुनुवाइ हुनेछ । बिहीबारदेखि चार दिन तिहार बिदा हुनेछ । यस्तै नेपाल बार एशोसिएसनले आज पनि प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानून व्यवसायीले चौथो दिन पनि आन्दोलन गरेका हुन् ।
उनीहरुको पहिलो चरण अन्तर्गत आज आन्दोलनको अन्तिम दिन हो । प्रधानन्यायाधीश जबराले राजीनामा नदिए तिहार पछि अर्को चरणको आन्दोलन गर्ने बारले जनाएको छ ।
















नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने
कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया