विवेकशील साझाको विधान संशोधनलाई मान्यता
मेरोन्यूज
२०७८ कार्तिक १८ गते १४:०८

काठमाडौँ । निर्वाचन आयोगले विवेकशील साझा पार्टीले गरेको विधान संशोधनलाई मान्यता दिएको छ । आयोगले बुधबार विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएको हो ।
विवेकशील साझाले पार्टीको विधान र केन्द्रीय समितिमा हेरफेर गरिएको विवरण निर्वाचन आयोगमा बुझाएको थियो । त्यसैका आधारमा निर्वाचन आयोगले मिश्र पक्षलाई मान्यता दिएको हो । मिश्र पक्षको बसेको बहुमत केन्द्रीय सदस्यको बैठकले विधान संशोधन गरेको थियो ।
बैठकले संयोजक मिलन पाण्डेको अधिकार खोस्नुका साथै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत गर्नुपर्ने माग गरिएको छ । अब विवेकशील साझाको केन्द्रीय समिति सदस्य १२४ जना कायम भएको छ । आयोगले बुधबार विवेकशील साझाको विवरण अद्यावधिक भएको जानकारी गराएको छ ।

सम्बन्धित
















स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया