विवेकशील साझाको विधान संशोधनलाई मान्यता
मेरोन्यूज
२०७८ कार्तिक १८ गते १४:०८

काठमाडौँ । निर्वाचन आयोगले विवेकशील साझा पार्टीले गरेको विधान संशोधनलाई मान्यता दिएको छ । आयोगले बुधबार विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएको हो ।
विवेकशील साझाले पार्टीको विधान र केन्द्रीय समितिमा हेरफेर गरिएको विवरण निर्वाचन आयोगमा बुझाएको थियो । त्यसैका आधारमा निर्वाचन आयोगले मिश्र पक्षलाई मान्यता दिएको हो । मिश्र पक्षको बसेको बहुमत केन्द्रीय सदस्यको बैठकले विधान संशोधन गरेको थियो ।
बैठकले संयोजक मिलन पाण्डेको अधिकार खोस्नुका साथै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत गर्नुपर्ने माग गरिएको छ । अब विवेकशील साझाको केन्द्रीय समिति सदस्य १२४ जना कायम भएको छ । आयोगले बुधबार विवेकशील साझाको विवरण अद्यावधिक भएको जानकारी गराएको छ ।

सम्बन्धित










एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया