सुमोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक १८ गते १९:२३
काठमाडौँ । बिपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित गंगटे पुल नजिक आज टाटा सुमोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ५ का ३३ वर्षीय सुन्धिर मिश्र रहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । सिन्धुलीबाट स१०प ३९९३ नम्बरको मोटरसाइकलमा बर्दिबासतर्फ आउँदै गरेका मिश्रलाई बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ना१ज ५७४७ नम्बरको टाटासुमोले ठक्कर दिएको हो ।
गम्भीर घाइते मिश्रको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टाटा सुमोका चालकलाई इलाका प्रहरी कार्यालय बर्दिबासमा अनुसन्धानका लागि राखिएको छ ।
सम्बन्धित










आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
प्रतिक्रिया