भ्रम फैलाउने प्रतियोगिता भए ओलीले ओलम्पिक नै जित्छन् : प्रकाशमान सिह

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको विकासका लागि कांग्रेसको विकल्प नरहेको बताएका छन् । नेपालका कम्यूनिष्ट पार्टीहरुले जनतामा भ्रम मात्रै सिर्जना गरेको भन्दै उनले कांग्रेस मात्रै भरोसा गर्ने पार्टी भएको बताए ।
‘पहिलो संविधानसभामा चार जना कम्यूनिष्ट प्रधानमन्त्री बने तर संविधान बनाउन सकेनन् । दोस्रो संविधानसभामा कांग्रेसको सरकार बन्यो । संविधान पनि बन्यो,’ उनले भने, ‘दुई तिहाईको कम्यूनिष्ट सरकार बन्यो तर काम गर्न सक्यो त ?’ नेता सिंहले भने, ‘कम्यूनिष्टहरुले जनतामा भ्रम फैलाएर भोट माग्छन् । भ्रम फैलाउने प्रतियोगिता भए ओलम्पिक जित्छन् ओलीले । संसारभरमै यति झुटो र भ्रम फैलाउने काममा नेपालका कम्यूनिष्टहरुले मात्रै सक्छन् ।’
शुक्रबार नेपाल संवतका अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्नेमा जोड दिए । उनले काम नगर्ने तर लोकप्रीय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणी गरेका छन् । नेता सिंहले नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने बताए ।
‘मेरो निर्वाचन क्षेत्रलाई एलिटहरु बस्ने ठाउँ भन्छन् । पढेलेखेका मतदाता छन् । चुनावका बेलामा नयाँ नयाँ पार्टीहरु आउँछन् । काम केहि गरेको हुँदैन तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ,’ उनले भने, ‘पार्टी सानो छ, तर पटकपटक विभाजित भएको छ । आफ्नै पार्टी जोगाउन नसक्ने तर ठूला कुरा गर्नेहरुको पर्दाभास भएको छ ।’
उनले जनतालाई विश्वास दिलाउन सक्ने व्यक्ति मात्रै नेता हुने बताए । ‘पोलिटिक्सको ‘पी’ पनि नजान्ने तर नयाँ नारा दिनेहरुबाट जोगिनुपर्छ । जनतालाई विश्वासमा दिलाउनुपयो । गफ गरेर मात्रै हुँदैन । काम गर्नुपयो । काम गर्न सजिलो छ र नेता सिंहले भने ?









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया