सोमबार, मंसिर २९, २०८२

भिरबाट खसेर वृद्धको मृत्यु

मेरोन्यूज २०७८ कार्तिक २० गते २०:३३

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका २ एक्लेफाँटमा भिरबाट खसेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७६ वर्षीय डिलबहादुर पुन रहेको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको एक्लेफाँट भिरबाट अन्दाजी ७० फिट तल खस्दा पुनको घटनास्थलमै मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया