प्रधानन्यायाधीसको राजीनामा माग्दै बारको आज पनि प्रदर्शन
मेरोन्यूज
२०७८ कार्तिक २२ गते ११:११

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरूले प्रदर्शन गरेका छन् । नेपाल बार एशोसिएसनको नेतृत्वमा कानून व्यवसायीहरुले आज पनि प्रदर्शन गरेका हुन् ।
उनीहरुले कालो ब्यानरसहित बारबाट सर्वोच्च अदालत प्राङगणमा पुगेर एक घण्टा धर्ना दिने कार्यक्रम छ । तिहारपछि नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरेको बारले आज प्रदर्शनलाई निरन्तरता दिएको हो । यसअघि बारले कात्तिक १४, १५, १६ र १७ गते सर्वोच्चमा आन्दोलन गरेको थियो ।
प्रधानन्यायाधीश जबराले भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै बारले उनको राजीनामा माग गर्दै आएको छ । सर्वोच्चका न्यायाधीशहरु र बारले जबराको राजीनामा माग्दै आए पनि जबराले राजीनामा नदिने बताएका छन् ।



सम्बन्धित















मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
प्रतिक्रिया