मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका– ५ सीमरानामा बा०२०१५प २७३८ नम्बरको मोटसाइकल दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका ७ का २५ वर्षीय नरेश रोकायाको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका रोकायालाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । मोटरसाइकलमा चार जना सवार रहेकोमा अन्य तीन जना सामान्य घाइते भएको उनले जानकारी दिए ।
मोटसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रबक्ता विष्टले बताए । घाइते हुनेमा मोटरसाइकल चालक सोही ठाउँका २५ वर्षीय अभिषेक चौधरी, २४ वर्षीय प्रकाश चौधरी र २० वर्षीय जीवन चौधरी रहेका छन् । उनीहरुलाई मोटरसाइलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता विष्टले बताएका छन् ।


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया