झलनाथ खनाल पार्टी काममा फर्किए

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पार्टीको काममा फर्किएका छन् । लामो समय देखि अस्वस्थ्य भएर उपचार र आराम घरी वसिरहेका खनाल आज देखि पार्टी काममा फर्किएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नथ खतिवडाले बताए ।
पार्टी केन्द्रीय कार्यालय, मीनभवन, आलोकनगरमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित हुनु भई उहाँ प्रमुख रहनुभएको विदेश विभागको पहिलो बैठकमा सहभागी हुनुभयो, खतिवडाले भने, उहाँले विभागका सदस्यहरुसँग विभागका आगामी कामबारे छलफल गर्नुभयो ।
खनालले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायतका प्राविधिक विषयमा पनि जानकारी लिएको खतिवडाले बताए ।
खनाल गत साउन २० गते भारत, नयाँदिल्लीस्थित एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकहरुको सल्लाहमा घरमै आराम गरेर बसिरहेका थिए । मिर्गौला उपचारका क्रममा खनालले शुरुमा काठमाडौंस्थित नर्भिक अस्पतालमा र त्यहाँका चिकित्सकहरुको रायका आधारमा थप उपचारका निम्ति असार २ गते दिल्लीस्थित एपोलो अस्पताल पुगेका थिए । मिर्गौला प्रत्यारोपणपछि खनाल दिल्लीबाट भदौ १४ मा स्वदेश फर्किएका थिए ।
चिकित्सकहरुले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण त्यस अवधीभर उनी कुनै पनि कार्यक्रममा सहभागी थिएनन । उक्त समय अवधी सकिए पनि अझै केही समय सार्वजनिक कार्यक्रम (भेला, बैठक, सभा) मा भने खनाल नजाने खतिवडाले बताए ।
तर, पार्टीका आन्तरिक गतिविधिमा भने उनी सहभागी हुने भएका छन् । नेकपा ९एकीकृत समाजवादी० गठन भएपछि खनाल एउटा सचिवालय बैठकमा उपस्थित भएका थिए । तर, पार्टी कार्यालय स्थापना भएपछि भने उनी पहिलोपटक पार्टी कार्यालय पुगेका हुन् । अव उनी नियमित रुपमा कार्यालयमा रहने खतिवडाले जानकारी दिए ।

नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक
नेकपा एसले पार्टीको केन्द्रीय कमिटि बैठक पनि बोलाएको छ । केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते ललितपुरमा गर्ने गरी केन्द्रीय कमिटिको बैठक बोलाईएको पनि उपमहासचिव खतिवडाले बताए । ललितपुर, सानेपास्थित हेरिटेज गार्डेनमा २७ गते विहान ११ बजे पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गर्ने छन् । बैठकमा समसामायिक राजनीति, पार्टी र सरकारको कामको समिक्षा, न्यायलयभित्रको विवाद लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।

















One more Election Policeman dies in Baitadi
9 days left to go for HoR polls: EC reminds stakeholders of Election Code of Conduct
मिथिला मध्यमा परिक्रमाको महोत्तरी यात्रा पूरा , यात्री धनुषा प्रस्थान
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया