मुहान मर्मत नहुँदा खानेपानीको हाहाकार

डोटी । बेमौसमी वर्षात्का कारण आएको बाढीपहिराले बगाएका यहाँका खानेपानीका मुहान मर्मत नगरिएकाले पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा जिल्ला सदरमुकाम सिलगढीमा खानेपानीको हाहाकार भएको छ । असोज अन्तिम साताको अबिरल वर्षाका कारण पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरबजारको खानेपानी मुहान सलेनामा ५०० मिटर पाइप बगाएको र समयमै मर्मत गर्न नसकिएका कारण पानी उपलब्ध गराउन कठिन भएको राजपुर खानेपानी सरसफाइ उपभोक्त समितिले जनाएको छ ।
यहाँका प्रमुख व्यापारिक केन्द्र पिपल्ला, दिपायल, राजपुर तथा सिलगढीमा खानेपानीको हाहाकार भएपछि दिपायल सिलगढी नगरपालिकाको दमकलले पानी वितरण गरेकामा अहिले बन्द गरेका कारण उपभोक्तालाई फोहर पानी खानुपर्ने बाध्यता रहेको स्थानीयवासी रामकुमार सिंहले बताए । उनले भने, “नजिकै रहेको सेती नदीमा खाली बालुवा र लेदोमात्रै बगिरहेको छ, धारामा पानी आउँदैन, नगरपालिकाले पनि पानी बाँड्न बन्द गरिदियो, अब निकै गाह्रो भयो ।”
लगातारको बेमौसमी वर्षासँगै बाढीपहिराका कारण जिल्ला सदरमुकाम सिलगढीमा पनि खानेपानीका मुहानका पाइप बगाउँदा त्यहाँ पनि खानेपानीको हाहाकार भएको छ । यहाँको बजारमा आपूर्ति हुँदै आएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि खानेपानीकोे समस्या भएको सिलगढी खानेपानी, सरसफाइ तथा उपभोक्ता समितिले जनाएको छ । पहिराले दिपायल सिलगढी नगरपालिका–९ को कलेनाखोला मुहानमा रहेको पाइप बगाएको थियो ।
बजारमा खानेपानी नभएका कारण यहाँका नागरिकलाई हातमुख धुन तथा शौचालय जानसमेत समस्या भएको स्थानीयवासी तथा होटल व्यवसायी सिद्धराज जोशीले जानकारी दिए । बाढीपहिराका कारण बगाएको खानेपानीको पाइप मर्मतका लागि कर्मचारी खटिएका र कतिपय ठाउँमा पाइप र मुहान नै बगाएर समस्या भएका कारण मर्मत गर्न गाह्रो भइरहेको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर धामीले बताए ।
उनले भने, “खानेपानी सञ्चालनका लागि कर्मचारी साथीहरु खटिइरहेका छन्, बाढीले कतिपय ठाउँमा तहसनहस गरेकाले समस्या भएको हो, जति सकिन्छ चाँडै पानी सञ्चालन गर्छौँ ।”
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया