शुक्रबार, पुष १८, २०८२

प्रधानन्यायाधीश जबराको पक्षमा प्रदर्शन गर्ने तीन जना प्रहरी नियन्त्रणमा

मेरोन्यूज २०७८ कार्तिक २३ गते १२:२७

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले प्रधानन्यायाधीश जबराको पक्षमा नारा लगाएका थिए । नारावाजी गर्दै नेपाल बार परिसरमा प्रवेश गर्न खोजेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरु बार एसोसिएसन अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न आएको बताइएको छ । तारा बरालसहितका तीन जना कानून व्यवसायी नभएकोले बार प्रवेश गर्न लागेका उनीहरूलाई प्रहरीले रोकेको थियो । अटेर गरेपछि नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया