टर्की जाँदै आइजिपी थापा
मेरोन्यूज
२०७८ कार्तिक २३ गते १५:५६

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री टर्की जाने भएका छन् । उनको नेतृत्वको प्रहरी टोली ५ मंसिरमा टर्की अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को ८९ औँ साधारण सभामा भाग लिन जाने तय भएको हो ।
आगामी ७ देखि ९ मंसिरसम्म टर्कीको राजधानी इस्तानबुलमा इन्टरपोलको ८९ औँ साधारण सभा हुँदैछ । विभिन्न देशका प्रहरी प्रमुख सहभागी हुने सम्मेलनमा आइजिपी थापा, अपराध अनुसन्धान विभागका एआइजी प्रद्युम्न कार्की, इन्टरपोल शाखाका अधिकारी लगायत प्रहरीहरू जान लागेका हुन् । सम्मेलनमा सीमापार अपराध अनुसन्धानका सहकार्यसम्बन्धि विषयमा छलफल हुने छ ।
महानिरीक्षक थापाको यो पहिलो विदेश भ्रमण हो । उनको भ्रमणका लागि सरकारले गत महिना नै स्वीकृत दिइसकेको छ ।
सम्बन्धित















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया