अर्थमन्त्री शर्मासँग किन भयाे अरु दुई मन्त्रीको खटपट ?
गृह मन्त्री र शहरी विकास मन्त्रीसँग अर्थ मन्त्रीको फरक-फरक एजेण्डामा चर्कियो द्वन्द्व

काठमाडौँ । सरकारका दुई मन्त्री अर्थमन्त्री जर्नादन शर्मासँग अघोषित द्वन्द्व चर्किएको छ । अर्थमन्त्री शर्मासँग गृहमन्त्री बालकृष्ण खाँण र शहरी विकास मन्त्री रामकुमारी झाक्रीको अघोषित द्वन्द्व चर्किएको हो । द्वन्द्वकाे भित्र कारण भने फरक–फरक रहेका छन् ।
अर्थमन्त्री शर्मासँग मन्त्री खाँणको प्रहरी दरबन्दी र शहरी विकास मन्त्री झाक्रीको स्थानीय उपभोक्ता समितिमार्फत लगाइने कामका एजेण्डामा मत नमिलेपछि विवाद देखिएको हो ।
मन्त्री शर्माको सोचसँग दुवै मन्त्रीको आ-आफ्ना मन्त्रालयगत एजेण्डामा कुरा बाँझिएपछि अघोषित द्वन्द्व चर्किएको हो । गृहमन्त्री खाँणसँग शर्माको प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी थप गर्ने कि नगर्ने भन्ने विवाद देखिएको हो ।प्रहरीमा दरबन्दी विवाद : अर्थमन्त्री र गृहमन्त्रीकै जुँगाको लडाई प्रहरी प्रधान कार्यालयले एआइजी थप गरेको प्रस्ताव, टिप्पणी नै उठाएर गृह मन्त्रालयले तयार पारेको ६ डिआइजी र १४ एसएसपीको दरबन्दी थप गर्ने प्रस्ताव अर्थमन्त्रालयले रोकिदिएपछि गृहमन्त्री र अर्थ मन्त्रीबीचमा विवाद देखिएको थियो ।
६ जना डिआइजीको नयाँ पद सिर्जना गरेर अवकाश पाउन लागेका एसएसपीहरूलाई डिआइजी बनाउँदा राज्यलाई अनावश्यक आर्थिक भार पर्ने र प्रहरी संगठनमा नयाँ अधिकृतको वृति विकास अवरुद्ध हुने भन्दै अर्थ मन्त्रालयले डिआइजी बढुवाको सिफारिस रोकेको थियो । यसले शर्मा र खाँणबीचमा अघोषित शीतयुद्ध चलेको छ ।
यो विषयमा अहिले दुई मन्त्रीबीच आ-आफ्नै ढंगले कुराकानीसम्म हुन सकेको छैन । समस्या समाधानका लागि दुवैले आ-आफ्नो पार्टीका शीर्ष नेताहरूमार्फत पहल लिइरहेको गृह मन्त्रालय स्रोतले बताएको छ ।
उता अर्थ मन्त्रीले विकास बजेट खर्च गर्नका लागि स्थानीय उपभोक्ता समितिमार्फत काम गर्न-गराउन गरेको निर्देशनलाई शहरी विकास मन्त्रालयले रोकेको छ ।
सहरी विकास मन्त्रालयले उपभोक्ता समितिमार्फत हुने विकास निर्माणको काम रोक्ने मन्त्री स्तरीय निर्णय गरेको छ । कात्तिक १४ मा शहरी विकास मन्त्री झाक्रीले मन्त्री स्तरीय निर्णयबाट उपभोक्ता समितिमार्फत गर्ने काम अर्काे व्यवस्था नभएसम्मका लागि रोक लगाउन निर्देशन गरेकी हुन् ।
झाक्रीले सोसम्बन्धि निर्णय नै गरेर सहरी विकास तथा भवन निर्माण विभाग काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई लिखित रुपमा नै सर्कुलर गरेकी छन् ।
उपभोक्ता समितिबाट काम गराउँदा काममा एक रुपता नभएको, गुणस्तर कायम गर्न कठिन भएको, ऐन नियममा भएको व्यवस्था पालना नभएकाले यस्तो निर्णय गरिएको मन्त्री झाक्रीले निर्णय लिँदा बताएकी छन् । तर, अर्थ मन्त्री शर्माले अघिल्लो सरकारले ल्याएको बजेटलाई संशोधन गर्न ल्याएको प्रतिस्थापन विधेयकमा उपभोक्ता समिति वा श्रम सहकारीबाट १० करोड रुपैयाँसम्मको काम गर्न सकिने गरी नयाँ व्यवस्था गरेका थिए ।
चालू आर्थिक वर्षको बजेट कार्यक्रममा समेत सो व्यवस्था कायम गरेर शर्माले स्थानीय उपभोक्ता समितिलाई सक्रिय बनाउने र प्रोत्साहन गर्ने नीति लिएका थिए । तर, झाक्रीले रोक्का लगाएपछि मन्त्री शर्मासँग अघोषित द्वन्द्व चर्किएको हो ।
















उन्नत लोकतन्त्रका लागि समावेशी निर्वाचन
चुनावी प्रचारप्रसारका लागि ‘डिजिटल प्लेटफर्म’ उपयोगी बन्दै
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
भोजपुरकाे पौवादुङमामा क्यान्सर जोखिम घटाउन किशोरी लक्षित खोप अभियान सुरु
‘कमलादी नबिल हाउस’ मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
प्रतिक्रिया