मापदण्ड विपरीत सञ्चालित १९ औषधि पसल निलम्बित
काठमाडौँ । मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधि पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरेको हो ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधि ऐन–२०३५ को दफा २० को उपदफा ४ (क) बमोजिम सो पसलहरूलाई ४ देखि १५ दिनसम्म निलम्बन गरिएको जानकारी दिए । उनका अनुसार औषधि पसलको अनुगमनका क्रममा अधिकांश पसलले अनुमतिबिना नै सञ्चालन गरेको तथा केहीमा म्याद सकिएको औषधि पाइएपछि कारबाही गरिएको हो ।
औषधि बिक्रेता तथा वितरकले पसल तथा फार्मेसी औषधि व्यवस्था विभागमा दर्ता गराएर मात्र सञ्चालन गर्नु पर्ने प्रावधान रहेको छ । विभागले लुक्सी भेट फर्मा कोटेश्वरलाई १५ दिन निलम्बन गरेको छ । यस्तै, गान्धी मनोहरा कम्युनिटी हेल्थ सेन्टर कागेश्वरी मनोहरालाई, सपनातीर्थ फार्मेसी टोखा र प्राकृतिक बाइपास फार्मेसीलाई १४–१४ दिन र झोराली फार्मेसी, टोखा इमर्जेन्सी मेडिकल हललाई १०–१० दिन निलम्बन गरिएको छ ।
यस्तैगरी, नन्दकृष्ण फार्मेसी, मेड स्टार सेन्टर प्रालि, मिली मेडिकल हल एन्ड डाइग्नोष्टिक सेन्टर, निकम मेडिकल हल, मेडिगोल्ड फार्मेसी, एटोर्मा फार्मेसी, विरसना गोर्खाली मेडिकल हल, कालिका फार्मेसी, सार्थक फार्मेसी, सुवेदी फार्मेसी, अनमोल फार्मेसी, सिद्धि फार्मेसी र खरिपाटी फार्मेसी भक्तपुरलाई ७–७ दिन निलम्बन गरिएको हो ।


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया