हिरासतमा भएका आत्महत्याबारे छानबिन गर्न गठित समितिले बुझायो प्रतिवेदन

काठमाडौँ । गृह मन्त्रालयले तीन स्थानका हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धि छानबिन गर्न बनाएको समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । गृहमन्त्री बालकृष्ण खाँणलाई छानबिन समितिका संयोजक सहसचिव थानेश्वर गौतमले प्रतिवेदन बुझाएका हुन् ।
गौतमको संयोजकत्वमा गठित नेपाल प्रहरीका एसपी प्रविण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम सदस्य रहेको छानबिन समितिले छानबिनबाट भेटिएका प्रमाणले तीनै स्थानमा आत्महत्या भएको पुष्टि गरेको दाबी प्रतिवेदनमा गरेको छ ।
गृहमन्त्री खाँणको मन्त्री स्तरीय निणयबाट कात्तिक एक गते जिल्ला प्रहरी कार्यालय सुनसरीको पुरुष हिरासत कक्षमा गत असोज २४ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेका जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–५ का २९ वर्षीय मोहम्मख हकिमले झुण्डिएर आत्महत्या गरेका थिए । यस्तै, इलाका प्रशासन कार्यालय टीकापुर कैलालीको हिरासत कक्षमा भैँसी चोरी गरेको आरोपमा पक्राउ गरिएका सुर्खेतको चौकुने गाउँपालिका–३ बस्ने ३५ वर्षीय धनबहादुर रानाले असोज २५ गते झुण्डिएर आत्महत्या गरेका थिए ।
यसैगरी पर्वत कारागार कार्यालयमा जबरजस्ती करणी कसुरमा थुनामा रहेका बन्दी जिल्लाको फलेबास नगरपालिका ७ का ५८ वर्षीय दुर्गाराज पाण्डेले झुण्डिएर गरेको आत्महत्याबारे अध्ययन गर्न मन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो ।
प्रतिवेदन बुझाउँदै समिति संयोजक गौतमले छानबिनका क्रममा भेटिएका प्रमाणले तीन स्थानमा आत्महत्या भएको पुष्टि भएको बताएका थिए । समितिले कारागार र हिरासत कक्षमा हुने आत्महत्या कम गर्न कैदी बन्दीलाई मनोसामाजिक परामर्श दिनु पर्ने, थुनुवालाई निःशुल्क कानुनी परामर्श दिनु पर्ने, हिरासत कक्षमा सुरक्षा निगरानी गर्नु पर्ने, हिरासत कक्षमा राखिएका सीसीटिभीलाई रेकर्डिङ र मोनिटरिङ गर्ने व्यवस्था गर्नु पर्नेलगायतका सुझाव दिएको छ ।












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया