‘भीम रावल फर्किए, ३० लाख रुपैयाँ फर्किएको छैन’

कैलाली । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा भीम रावलको नेतृत्वमा पार्टीको खाताबाट लिइएको ३० लाख रुपैयाँ फिर्ता नभएको पाइएको छ । रावल तत्कालीन समयमा प्रचण्ड–माधव समूहमा हुँदा प्रदेश कमिटीको खाताबाट झिकिएको रकम फिर्ता नभएको नेकपा एमाले प्रदेश कमिटीले जनाएको हो ।
उनी एमाले ब्यूँतिएपछि माधव समूह हुँदै एमालेमै फर्के पनि ३० लाख रुपैयाँको हिसाब नआएको एमाले सुदूरपश्चिम प्रदेशका इञ्चार्ज लेखराज भट्टले बताए । मंगलबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नमा बोल्दै उनले यस विषयका कुनै छलफल नभएको बताएका हुन् ।
‘पार्टीमा पहिला सांगठनिक रुपमा व्यवस्थित गरौँ भनेर छलफलमा लाग्यौँ, त्यहाँ उहाँसँग कुरा नमिलिरहँदा खाताको प्रश्न नै आएन,’ उनले भने, ‘यस विषयमा कुरा गर्ने मौका पनि छैन, उहाँले पनि अहिलेसम्म केही भन्नु भएको छैन, हामीले पनि सोधेका छैनौँ ।’
उनले यस विषयमा विस्तारै छलफल गर्ने बताए । ‘उहाँ पार्टीको उपाध्यक्ष भएकाले पार्टीको रकम फिर्ता दिनु होला भन्ने हामीलाई विश्वास छ,’ उनले भने । रावलको नेतृत्वमा नेकपाको विवाद हुँदा ३० लाख रुपैयाँ लगेको आरोप लागेको छ ।
रावलले पनि आफू इञ्चार्ज भएकाले प्रदेश कमिटीको खाताबाट पैसा निकालेको स्वीकार गरिसकेका थिए ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया