शनिबार, वैशाख ५, २०८३

चक्कु प्रहार गरेर युवकको हत्या, ४ जना पक्राउ

मेरोन्यूज २०७८ कार्तिक २४ गते ८:३७

कैलाली । कैलालीमा चक्कु प्रहार गरेर एक युवकको हत्या गरिएको छ । जिल्लाको टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटल नजिकै मंगलबार राति दुई समूहबीच भएको झडपमा चक्कु प्रहार गरेर लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्या गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले पूर्व रिसिबीलाई लिएर दुवै समूहबीच भएको झडपका क्रममा बडुवालको चक्कु प्रहार गरेर हत्या गरिएको बताए । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले युवकको हत्यामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । प्रहरीले उनीहरुको संलग्नताबारे अनुसन्धान भइरहेको भन्दै तत्काल नाम सार्वजनिक नगर्ने जनाएको छ ।

प्रतिक्रिया