ब्रेल पाठ्यपुस्तक नहुँदा दृष्टिविहीनलाई समस्या

कर्णाली । जुम्ला भैरव माध्यमिक विद्यालयमा ब्रेल पाठ्यपुस्तक नपुग्दा न्यून दृष्टियुक्त व्यक्ति (दृष्टिविहीन) विद्यार्थीलाई समस्या भएको छ । सिञ्जा गाउँपालिकास्थित उक्त विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीको ब्रेल पाठ्यपुस्तक नपुग्दा उनीहरुलाई समस्या भएको हो । यही कात्तिक पहिलो साता बितिसक्दा पनि पाठ्यपुस्तक नआएकाले समस्या भएको कक्षा १२ मा अध्ययनरत विद्यार्थी धर्मलाल प्याकुरेलले जानकारी दिए ।
उनले अन्य कक्षाको आए पनि कक्षा ११ र १२ को हालसम्म नआएकाले पढाइ प्रभावित भएको गुनासो गरे । उक्त विद्यालयका स्रोत शिक्षक दत्तबहादुर बुढाले कक्षा ११ को पाठ्यपुस्तक आइनपुगेको र कक्षा १२ को ब्रेल पाठ्यपुस्तक नछापिएको भन्ने खबर आएको जानकारी दिए ।
उनका अनुसार दृष्टिविहीनहरूको अध्ययनको सहारा ब्रेल पाठयपुस्तक समयमै नआउने र पटक–पटक विद्यार्थीमा यो पीडा दोहोरिएको छ । यस वर्ष कोरोनाका कारण समयमै पाठ्यपुस्तक विद्यालयमा जान ढिलाइ भएपछि जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाले सबैको हातमा पाठ्यपुस्तक पु¥याउने निर्णयसमेत गरेको थियो ।
उनले भने, “नेपाल नेत्रहीन संघ र नेपाल दृष्टि कल्याण संघले पाठ्यपुस्तक छापिरहेका छन् । सामान्यतया गत वर्ष छापिएको कक्षा ११ पाठ्यपुस्तक अहिलेसम्म आउन सकेको छैन । हामीले गत वर्ष साथीहरूको फोन र समन्वयका भरमा अध्ययन गरेका थियौँ । अहिले पनि पाठ्यपुस्तक नआउँदा समस्या भएको छ ।”
संघका पूर्वअध्यक्ष नरबहादुर लिम्बूले यस वर्ष कक्षा ११ र १२ को कार्यक्रम सरकारले नराखेको जानकारी दिए । उनका अनुसार पाठ्यपुस्तक नछापिएकाले देशभरका ती तहमा अध्ययन गर्ने विद्यार्थी अन्योलमा छन् । शिक्षा तथा मानवस्रोत विकास केन्द्र समावेशी शाखाका उपसचिव दिव्या दबाडी सरकारले कक्षा १० सम्ममात्रै ब्रेल पाठ्यपुस्तक छाप्ने योजना अगाडि बढाएको जानकारी दिए । उनका अनुसार सरकारले ११ र १२ को पाठ्यपुस्तक हालसम्म छाप्ने योजना राखेको छैन ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया